२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र पलभरमै ढाल्न सकिन्छः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान व्यवस्था विरुद्धको आन्दोलन शान्तीपूर्ण र अहिंसात्मक हुने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताउनु भएको हो । शान्तीपूर्ण र अहिंसात्मक बाटोबाटै आफूहरुले परिवर्तन खोजेको अध्यक्ष लिङ्देनको भनाइ छ । उहाँले भारतमा १ सय ९० वर्ष पुरानो ब्रिटिश शासन अहिंसात्मक आन्दोलनबाट अन्त्य भएको उदाहरण दिँदै नेपालमा पनि जनताले शान्तिपूर्ण तर व्यापक आन्दोलन गरे यो व्यवस्था पलभरमै ढाल्न सकिने दाबी गर्नुभयो । उहाँले सत्तामा रहेका केही व्यक्तिहरुले आफ्नो व्यक्तिगत फाइदाको लागि देशको आर्थिक, सामाजिक र शान्तिसुरक्षा अवस्थालाई नाजुक बनाएको आरोप लगाउनु भयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘हामी शान्तीपूर्ण आन्दोलनको पक्षमा छौँ । अहिंसात्मक आन्दोलनको पक्षमा छौँ, सत्याग्रहको पक्षमा छौँ । भारतमा १ सय ९० वर्ष पुरानो ब्रिटिस शासन अहिंसाकै बाटोबाट अन्त्य भएको थियो । यो नाथे गणतन्त्रण दुई वर्ष पुगेको छैन । शान्तीपूर्ण ढंगले हामी लाखौँ जनता सडकमा आयौँ भने क्षणभरमै समाप्त हुन्छ । हाम्रो यो आन्दोलन व्यवस्था परिवर्तनको लागि हो । र त्यो आन्दोलन शान्तीपूर्ण र अहिंसात्मक हुन्छ ।  र हामीले अहिंसात्मक बाटाबाटै परिवर्तन खोजेका छौँ । हामीले यो देशको विद्यमान अर्थतन्त्रको बारेमा शान्तीसुरक्षाको बारेमा अथवा हाम्रो वर्तमान सामाजिक अवस्थाको बारेमा धेरै कुरा भनिराख्नुपर्छ जस्तो मलाई लाग्दैन ।’

उहाँले देश लुटेर बसेका केही मान्छेहरु बाहेक सबैको मनमा देशको अवस्था ठिक नभएको रहेको टिप्पणी गर्नुभयो । अध्यक्ष लिङ्देनले देश बिग्रिए नेताहरुको केही बिग्रिने नभई युवाहरुको भविष्य बर्बाद हुने टिप्पणी गर्नुभयो । यो देशको भविष्यसँग आजका युवाहरुको भविष्य समेत जोडिएको उल्लेख गर्दै अध्यक्ष लिङदेनले देश बिग्रिन लागेको जानकारी गराउन युवाहरुलाई आमन्त्रण गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो देश बिग्रियो भने केपी ओलीको के बिग्रिन्छ ? शेरबहादुर देउवाको के बिग्रिन्छ होला ? प्रचण्डको के बिग्रिन्छ होला ? यदि यो देश बिग्रियो भने तपाई युवाको भविष्य बिग्रिन्छ । यो देशको भविष्यसँग आजका युवाको भविष्य गाँसिएको छ । त्यसकारण देश बर्बाद हुन लागेको, देश बिग्रन लागेको र यो देशसँगै तपाईको भविष्य पनि बिग्रिन लागेको कुरा तपाई युवालाई जानकारी गराउन र युवालाई आफ्ना कुरा राख्नको लागि आमन्त्रण गरेका छौँ । फेरि पनि भन्छु–यो देश बिग्रियो भने नेताहरुको केही बिग्रिदैन, तपाईहरुको भविष्य बिग्रिनेवाला छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलवारदेखि संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको माग राख्दै अनिश्चितकालिन आन्दोलन गर्ने जनाएको छ ।




भर्खरै