१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकमा व्यापारीको लगानी हुँदैमा सप्रिने र बिग्रने भन्ने हुँदैनः सांसद चौधरी



अ+ अ-

काठमाडौँ ।नेपाली काँग्रेसका सांसद विनोद चौधरीले नेपालमा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन भन्ने बहस चर्किएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै सांसद चौधरीले यस्तो बताउनुभएको हो ।

उहाँले विश्वको अर्थतन्त्र जुन रुपमा अघि बढेको छ त्यतातिर नै ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बैंक भनेको अर्थतन्त्रको इन्जिन भएको र अर्थतन्त्र चलायमान गराउन के गर्नुपर्छ भन्ने बैंकको काम भएको स्पष्ट पार्नुभयो । सांसद चौधरीले निजी क्षेत्रको पुँजी नभएका बैंक सबैभन्दा बढी भ्रष्ट हुँदै गएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जुन ट्रेण्डमा विश्व गइरहेको छ । विश्वको अर्थतन्त्र गइरहेको छ । त्यो कन्टेस्टमा त्यतातिर जानका लागि र फराकिलो बनाउन भन्दापनि एउटा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन ? भन्ने ठाउँमा मात्र पुगेको महशुस गरिरहेको छ । जुन सबभन्दा बढी गर्नुपर्ने कुरा हो यो । अहिले यहाँ कुरापनि उठ्यो आज हाम्रा साना, मझौला, माइक्रो त्यसको राइट मानिसहरुको हातमा गइरहेको छैन । एकातिर क्यापिटल प्mलो नहुने जति भइरहेको छ जाम भएर बसेको छ । १० वर्षको दौरानमा नयाँ उद्यमीहरु जन्मुन् भनेर सरकारले धेरै योजनाहरु ल्याएको छ तर त्यो कुनैपनि सफल भएन । योजना आयोगदेखि प्रधानमन्त्रीको कार्यालयसम्म अफिसहरु बसे । नेपाल राष्ट्र बैंकले एकपटक १० लाखदेखि ३० लाखसम्मको पुँजी दिएर नयाँ उद्यमी जन्माउने योजना ल्यायो । तर, त्यो पनि सजिलो बाटो खोजिनाले सफल हुन सकेन । बैक भनेको त अर्थतन्त्रको इन्जिन हो । बैंकको काम भनेकै के ग¥यो भने अर्थतन्त्र चलायमान हुन्छ । आज यस्ता बैंकहरुपनि छन् जुन बैंकमा राम्रो स्वामित्व भएका मानिसहरु बोर्डमै बस्दैनन् । प्रोफेसनल मानिसहरु राखेर चलाइरहेका छन् र ती बैंकहरु अब्बल ढंगले चलिरहेका छन् । तर जुन बैंकमा कुनै निजी क्षेत्रका व्यापारीको पूँजी छैन तर सबैभन्दा भ्रष्ट बैंकहरु पनि तिनै छन् । आज व्यापारीको लगानी बैंकमा हुँदैमा यदि त्यो बैंक सप्रिने र बिग्रने भएको भए त्योअनुसार व्यापारी भएका बैंक एक ठाउँमा र नभएकाहरुको अर्कोतर्फ उभिनुपर्ने हो तर कथा अर्कै छ ।’

उहाँले विगत १० वर्षको अवधिमा नयाँ उद्यमीहरु जन्माउन सरकारले ल्याएका कुनैपनि योजना सफल हुन नसकेको बताउनु भयो ।