११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कानून सचिवको प्रश्न– ‘निजामती कर्मचारीमा मात्रै कुलिङ पिरियड किन

कानून सचिवको प्रश्न– ‘निजामती कर्मचारीमा मात्रै कुलिङ पिरियड किन
अ अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले कुलिङ पिरियड नराख्ने धारणा कसैको पनि नरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौँमा “प्रशासनिक सङ्घीयता कार्यान्वयनका सवालमा अन्तर सरकारी समन्वय तथा निजामती सेवाका समसामयिक सवालहरू” विषयक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेसम्म आफूहरू औपचारिक तथा अनौपचारिक छलफल गर्दा कसैले पनि कुलिङ पिरियड हुनुहुँदैन नभनेको बताउनु भयो । उहाँले निजामती कर्मचारीमा मात्रै कुलिङ पिरियड किन राखियो भन्ने प्रश्न उठेको स्पष्ट पार्नुभयो । सचिव सापकोटाले भोलीका दिनहरूमा कतिपय अवस्थामा विज्ञ व्यक्ति नै नपाएको अवस्था के गर्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अहिलेकै व्यवस्था राखे भोली विपद् भइहाले स्वास्थ्य सेवाबाट अवकाश भएका कर्मचारीहरूलाई पठाउने कि नपठाउने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सेवाबाट अवकाश भएको सम्बन्धित क्षेत्रको विज्ञ कर्मचारी भोलीका दिनहरूमा कुनै आयोग वा परिषद्मा छोटो अवधिमा काम गर्नुपर्ने अवस्था आए प्रयोग गर्ने कि नगर्ने ? भन्दै पुनः प्रतिप्रश्न गर्नुभयो । यस्तै, उहाँले आफूले करिव ३२ वर्ष कानून ड्राफ्टिङको काम गरेको र भोलिका दिनमा दुई वर्ष ब्रेक लिएपछि आवश्यक अवस्थामा पुरानै गतिले काम गर्न नसकिने अवस्था सिर्जना हुने बताउनु भयो । उहाँले विधेयकका केही विषयमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “त्यहाँ भएका कतिपय अवस्थामा विज्ञ मान्छे नै पाइँदैन । विज्ञ मान्छे नै पाइँदैन भने के गर्ने ? अहिलेकै व्यवस्था राख्ने हो भने भोली कुनै ठाउँमा विपद् प¥यो भने स्वास्थ्यबाट अवकाश भएका कर्मचारीहरूलाई पठाउने कि नपठाउने ? भोली कसैलाई आयोग वा परिषद्मा छोटो अवधिमा काम गर्नुप¥यो र त्यो विज्ञ छ भने त्यसलाई प्रयोग गर्ने कि नगर्ने ? म कानुनको कुरा गर्छु, म ड्राफ्टिङमा ३१–३२ वर्ष काम गरेको छु । भोली कुनै ड्राफ्टिङको काम प¥यो र दुई वर्षसम्ममा मैले ड्राफ्टिङको काम छोडे भने त म जिरो हो । लेख्ने विषयहरू जानिँदैन, सकिँदैन । डाक्टरले दुई वर्ष छोड्यो भने के गर्छ ? नयाँ केही टेक्नोलोजी आइसकेको हुन्छ । विभिन्न विषयहरू छन्, यी विषयहरूमा हामीले छलफल गर्नुपर्छ । म कानुन सचिवको हैसियतले संसद् गर्ने कुराहरूमा मैले विरोध जनाउन पनि मिल्दैन, जनाउनु पनि हुँदैन । अहिलेसम्म हामी औपचारिक अनौपचारिक छलफल गर्दा कसैले पनि हुनुहुँदैन भनेर कसैले पनि भनेको छैनौँ । किन यसमा मात्र भयो ? भन्ने मात्र प्रश्न उठेको हो ।” 

कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्रले पूर्व प्रशासकहरूको अनुभव अमूल्य रहने बताउनु भयो । उहाँले पूर्व प्रशासकहरूको अनुभव पुस्तक, संस्मरण आकारमा जनताले पढ्ने अवसर पाउने र त्यसबाट सुसूचित हुने पर्याप्त मौका हुने बताउँदै त्यो जारी रहनुपर्ने बताउनु भयो । उहाँले पूर्व प्रशासकहरूको संलग्नतामा एउटा नीति निर्माण प्रतिष्ठान जस्तै संस्था गठन गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्र सञ्चालनमा विषयमा राजनीतिकर्मी र शासकहरूले हरेक तीन तीन महिनामा प्रतिष्ठानको अब्जरर्भेसन सुनेर आफूलाई अपडेट गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले असमयमै अवकाश गरेर बाँकी जीवनमा निजामती कर्मचारीको अनुभव राज्यले नपाउने र राष्ट्रलाई थप सेवा गर्छु भन्दा भन्दै घर बस्नुपर्ने अवस्था आउनु पनि ठिक नहुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “ हाम्रा पूर्व प्रशासकहरूको अनुभव अमूल्य छ । उहाँहरूको अनुभव पुस्तक, संस्मरण आकारमा जनताले पढ्ने अवसर र त्यसबाट सुसूचित हुने पर्याप्त मौका हामी पाउँछौँ । पूर्व प्रशासकहरूको संलग्नतामा एउटा नीति निर्माण प्रतिष्ठान जस्तो गठन गर्नुपर्छ । त्यो प्रतिष्ठानको बैठक र राष्ट्र सञ्चालनमा के कस्तो भइरहेको छ भन्ने कुरा राजनीतिकर्मी र शासकहरू गएर हरेक तीन तीन महिनामा अब्जरर्भेसन सुनेर आफूलाई अपडेट गर्नुपर्छ भन्ने मलाई लाग्छ । असमयमै अवकाश गरेर बाँकी जीवनमा उहाँहरूको अनुभव राज्यले नपाउने र राष्ट्रलाई उहाँहरूले सेवा थप गर्छु भन्दाभन्दै घर बस्ने भन्ने कुरा पनि विल्कुलै ठिक होइन ।”  

उहाँले राम्रा प्रशासकको अनुभव राज्यले लिनुपर्नेमा जोड दिनुभयो ।