१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई शिक्षाको हब बनाउनुपर्छः सभापति देउवा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बतानुभएको छ ।

सोमवार काठमाडौंमा पार्टीको शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा राम्रो शिक्षा नभएको भन्दै अभिभावकले विदेश पढ्न आफ्ना सन्तानहरु पठाउने गरेको भन्दै नेपालमै उच्च शिक्षा दिनसक्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले नेपालमै राम्रो शिक्षा दिनसके विदेशी विद्यार्थी समेत नेपाल पढ्न आउने बताउनु भयो । उहाँले अहिलेको समयमा शिक्षा महत्वपूर्ण रहेको र शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनु  भयो ।

सभापति देउवाले भन्नुभयो, ‘नेपालमा राम्रो एजुकेसन छैन भन्ने हिसावले होला, कतिपय आमा बुबाले छोराछोरी विदेश पढ्न पठाउँछन् । त्यसकारण नेपालमै राम्रो एजुकेसन दिने स्कुलदेखि लिएर युनिभर्सिटीसम्म हामीले बनाउनसक्यो भने हाम्रो देशको विद्यार्थी विदेश जानबाट रोकिन्छन् । हाम्रो देश सुन्दर छ । हावापानी सबैले । विदेशी पनि नेपालमा विद्यार्थी आउन सक्छन् । त्यसको लागि नेपाल शिक्षाको हब बन्नसक्छ । त्यस्तो किसिमको शिक्षा नेपालमा हामीले दिनसक्यौँ भने, त्यस्तो एजुकेसन दिनसक्यो भने नेपालमा विदेशी विद्यर्थी नेपाल आउन सक्छन् । नेपाल नै शिक्षाको हब बन्नसक्छ । अहिलेको बेला शिक्षा नै महत्वपूर्ण कुरा हो । शिक्षालाई प्राथमिकता दिनुपर्छ ।’

सभापति देउवाले शिक्षा नेपालको लागि महत्वपूर्ण रहेको बताउनु भयो । नेपालमा विदेशी विद्यार्थी आउने किसिमको आकर्षित वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।




भर्खरै