३ पुष २०८२, बिहीबार
,
Latest
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले जेठ १५ मा काठमाडौं एमालेको कब्जामा भन्ने शब्द प्रयोग नगर्नुभएको भए राम्रो हुन्थ्योः प्रमुख सचेतक घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार एक सार्वजनिक कार्यक्रममा राख्नुभएको धारणालाई काँग्रेसले सामान्य रुपमा लिएको बताउनुभएको छ ।

आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

शनिवार गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिनुभएको थियो । सोही विषयमा सञ्चारकर्मीहरुले प्रधानमन्त्रीले यस्तो भन्न मिल्छ भन्दै जिज्ञासा राखेका थिए । जसमा काँग्रेसले प्रधानमन्त्रीले आफ्नो धारणा राख्नुभएको तर एमाले भन्ने ठाउँमँ गणतन्त्रवादी जनता भन्ने शब्द राख्नुभएको हुने आफूहरुको भनाइ रहेको बताउनु भयो । गणतन्त्रका पक्षधर बाहेक अरु कोही नदेखियोस् भन्नुभएको भए हुने प्रमुख सचेतक घिमिरेको भनाइ छ ।

प्रमुख सचेतक घिमिरेले भन्नुभयो, ‘उहाँले गणतन्त्र दिवस मनाउने सन्दर्भमा भन्न खोज्नुभएको हो । गणतन्त्र दिवस मनाउनका लागि यति संख्यामा यहाँ जम्मा हुनुपर्छ । यहाँ एमाले बाहेक केही पनि नदेखियोस् भन्नुभयो । एमाले नभनेको भए हुन्थ्यो । उहाँले नेपाली जनता, गणतन्त्रका पक्षधर बाहेक अरु कोही नदेखियोस् भन्नुभएको भए हुन्थ्यो । अलिकति बोल्ने क्रममा एमाले भन्ने शब्द प्रयोग गर्नुभयो । त्यो शब्दलाई गणतन्त्रवादी नेपाली जनता भन्नुभएको भए राम्रो हुन्थ्यो । काँग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सामान्य रुपमा लिएका छाँै ।’

उहाँले कर्मचारीमाथि छानविन हुँदा मन्त्रीले राजीनामा गर्न थाल्ने हो भने एउटा पनि मन्त्री बाँकी नरहने बताउनु भयो ।