१४ असार २०८३, आईतवार
,
Latest
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थल नचल्दा र सडक समयमै नबन्दा पर्यटन क्षेत्र मारमा छ: हान अध्यक्ष साह



अ+ अ-

काठमाडौँ । होटल क्षेत्रमा अर्बौं लगानी भएपनि बनेका विमानस्थल नचल्दा र सडकहरु समयमै नबन्दा होटल क्षेत्र ठूलो मारमा परेको छ ।

होटल एशोशिएसन नेपाल (हान) का अध्यक्ष विनायक साहले अन्तर्राष्ट्रिय चेनहरु ल्याएर अर्बौं लगानी भएका होटलहरु खोले पनि राम्रो प्रतिफल पाउन नसकिएको बताउनु भयो । आगामी वर्षको बजेटबारे कुराकानी गर्दै अध्यक्ष शाहले होटल क्षेत्रमा क्षमता धेरै विस्तार भइसकेको बताउनु भयो । अध्यक्ष साहकाअनुसार हस्पीटालिटी क्षेत्रमा ३५–३६ लाख पर्यटक आउँदा पनि स्तरीय सेवा दिनसक्ने क्षमता छ । तर कनेक्टिभिटी सुचारु नहुँदा समस्या भइरहेको छ । उहाँकाअनुसार आर्थिक चाप, देशमा तरलता धेरै छ । वाह्य सूचकहरु राम्रो देखिन्छ । व्यवसायीहरुले अनुभुति गर्ने भनेको आन्तरीक अर्थतन्त्र चलायमानबाट नै हो । तर त्यस्तो रुपमा देखिँदैन ।

अध्यक्ष शाहले भन्नुभयो– ‘नेपालमा सम्भावना नभएको जसरी कतिपय भाष्य सिर्जना गर्न खोजिएको छ । सम्भावना हुँदाहुँदै होटलहरुले अन्तर्राष्ट्रिय चेनहरु ल्याएर अर्बौं लगानी भएका होटलहरु खोलिएको छ । नेपालमा सम्भावनाहरु छ भन्ने देखाएको हो । यहाँ सम्भावना छ, छैन भन्ने होइन भन्ने भाष्यलाई होटल क्षेत्रले चिर्न सफल भएको छ । छाटो समयमा धेरै आर्थिक वृद्धिदर गरेका देशहरुको माझमा नेपाल छ । ती देशमा त्यस्तो राम्रो प्रगति भइरहँदा नेपाल किन पछि पर्छ भन्ने कुराहरु गम्भीर छन् । यसलाई सम्बोधन गर्नेखालले बजेट आउनुपर्छ । हाम्रा एयरपोर्टहरु बनेका छन् तर सुचारु नहुनु, बाटोघाटाको समयमै स्तरोन्नति नहुनु समस्याका रुपमा देखापरेका छन् । यसले गर्दा आउनुपने पर्यटक पनि ल्याउन कठिन भइरहेको छ । अहिले हस्पिटालीटि क्षेत्र क्षमताको एकतिहाइ मात्रै प्रयोग भइरहेको छ । यसले देशलाई, लगानीकर्ताहरुलाई निराश बनाएको छ । जुन प्रतिफल पाउनुपथ्र्यो त्यो पाउन सकिएको छैन । 

अध्यक्ष साहकाअनुसार सरकारले नीति तथा कार्यक्रममा केही कुराहरु राम्रो ल्याएको छ, त्यसलाई समेत समेटेर बजेट ल्याउनुपर्छ । बजेटले अहिलेको मुलभुत समस्या भनेको कनेक्टीभिटीलाई जोड दिनुपर्छ । पोखरा, चितवनका राजमार्गहरु वर्षौंदेखि बनिरहेका छन् । कहिले सकिने भन्ने यकिन छैन । समयसीमा नै तोकेर ती राजमार्गहरु स्तरोन्नति गर्नुपर्ने उहाँको भनाई छ । अध्यक्ष साहकाअनुसार यस्ता कुराहरुलाई बजेटले सम्बोधन गर्नुपर्छ । पर्याप्त बजेट भएनन् भने ती राजमार्गहरुको भविष्य झनै अनिश्चित हुने भएकाले त्यसमा ध्यान दिन जरुरी रहेको उहाँले बताउनु भयो । अध्यक्ष साहकाअनुसार अहिलेको बजेटले ती राजमार्गका सन्दर्भमा फरक हिसावले हेर्नुपर्छ । पूर्वाधार निर्माणमा सरकारी निकायबीच नै समन्वयको अभाव देखिएको भन्दै शाहले त्यस्तो अभाव रहन नहुने बताउनु भयो ।  अध्यक्ष साहले भैरहवा र पोखरा एयरपोर्टलाई दु्रत रुपमा पूर्ण सञ्चालनमा ल्याउनेगरी सरकार लाग्नुपर्ने बताउनुभएको छ । उहाँकाअनुसार त्यसो भ भयो भने एक वर्षमा पर्यटकको संख्या दोब्बर गर्न सकिन्छ । त्यतातिर बजेट केन्द्रित हुनुपर्छ ।

शाहकाअनुसार पर्यटन क्षेत्र र हस्पिटालिटी क्षेत्रमा औपचारिक र अनौपचारिक दुवै देखिन्छ । औपचारिक क्षेत्रले राज्यका नीति नियमसँगै सबै पालना गरेको हुन्छ भने अनौपचारिक क्षेत्रले केही पालना गरेको हुँदैन । त्यो क्षेत्र एकदमै फस्टाएर गएको छ । राम्रो लगानी गरेर सरकारको नीति नियम मानेर सरकारलाई कर तिरेर गर्ने होटलहरु र अनौपचारिक क्षेत्रका होटलहरुले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । यो कुरालाई बजेटले हेर्नुपर्छ ।

अहिले देशमा तीन तहका सरकार भएकाले एकआपसमा समन्वयको खाँचो रहेको बताउँदै उहाँले निजी क्षेत्रबीच ती सरकारहरुले समन्वयन गर्न नसकेको समेत बताउनु भयो । अध्यक्ष साहकाअनुसार जतिसुकै नीति तथा कार्यक्रम बजेट राम्रो भएपनि त्यसको कार्यानवयन प्रभावकारी नभए अर्थ हुँदैन । विगतमा पनि राम्रा कार्यक्रम योजना ल्याइएपनि कार्यान्वयन भने हुन नसकेको उहाँको भनाइ छ । बजेटले यसपाली तोकेकोमध्ये १५—२० प्रतिशत मात्रै काम शुरु हुने र फत्ते नहुने गरेको साहाले बताउनु भयो । बजेट कार्यान्वयनलाई सरकारले प्रभावकारी हिसावले नबढाएसम्म निजी क्षेत्रको विकास नहुने उहाँको बुझाइ रहेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको सक्रियतामा अध्यादेशमार्फत आएको होटल क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रुपमा मान्यता दिइनु सकारात्मक भएको अध्यक्ष साहको भनाई छ ।

अध्यक्ष साहकाअनुसार कागजमा मात्रै पाएर हुँदैन । त्यसको नीति, नियमावली, कार्यविधि छिटो भन्दा छिटो बनाइनुपर्छ । अहिले त्यस्ता चिजहरु नबन्दा अहिले सुविधाबाट वञ्चित हुनुपरेको छ । व्यवसायीले ऋण लिएर साँवा व्याज तिर्न समस्या परिरहेकाले बजेटमा यसबारे बोलिदिनुपर्ने उहाँको भनाइ छ ।न्युज एजेन्सी नेपाल