२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सुरु



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिवेशन (बर्खे अधिवेशन) प्रदेशसभा भवन धनगढीमा सुरु भएको छ ।

अधिवेशन अन्तर्गतको आजको दोस्रो बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेटसँग सम्बन्धित विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई (कर प्रस्तावबाहेक) सभासमक्ष प्रस्तुत गर्नुभयो ।

बैठकमा प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल भई संशोधनसहित तयार पारिएको सुदूरपश्चिम स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन समितिका सभापति दिवानसिंह विष्टले पेस गर्नुभयो ।

यसअघि छैटौँ अधिवेशनको पहिलो बैठकमा नेपाली कांग्रेसका विक्रमसिंह धामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का खगराज भट्ट, नेकपा (एमाले) का राजेन्द्रसिंह रावल, नेकपा (एकीकृत समाजवादी) पार्टीका नरेशकुमार शाही र नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँहरुले प्रदेशको विकास र समृद्धिका लागि सत्ता प्रतिपक्षी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

बैठकको प्रारम्भमा सभामुख भीमबहादुर भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा वाचन गर्नुहुँदै छैटौ अधिवेशन उपलब्धिमूलक होस् भनी शुभेच्छा व्यक्त गर्नुभयो ।

अनावश्यक नियुक्ति खारेज गर्नुपर्नेलगायतका माग राखेर प्रदेशसभाको अघिल्लो अधिवेशनअन्तर्गतका बैठक प्रतिपक्षी दलका सदस्यहरुले अवरुद्ध गर्दै आएका थिए । निरन्तरका अवरोधका बीच उक्त अधिवेशन अन्त्य गरिएको थियो ।

छैटौँ अधिवेशन सुरु गर्नु अघि मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा प्रतिपक्षीले उठाउँदै आएका समसामयिक विषयलाई प्रस्तावका रुपमा सदनमा लैजानका लागि सर्वपक्षीय समिति गठन गर्ने दलहरुबीच सहमति भएपछि सदनको अवरोध खुलेको हो ।

प्रतिपक्षी दलले तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको विवादास्पद अडियो (श्रव्य सामग्री) प्रकरणका बारेमा छानबिन हुनुपर्ने माग उठाउँदै आएका छन् । उक्त घटनापछि तत्कालीन मन्त्री चौधरीले गत वर्ष चैतमा पदबाट राजीनामा दिनुभएको थियो । रासस




भर्खरै