४ पुष २०८२, शुक्रबार
,
Latest
बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्‍चनपुरमा ३ सयभन्दा बढी घर डुबानमा, ६० घर विस्थापित



अ+ अ-

कञ्‍चनपुर । दुई दिनयताको वर्षाले जिल्लाका विभिन्न ठाउँ जलमग्न भई डुबानमा परेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजारसँगै आसपासका क्षेत्रमा डुबानको समस्या देखिएको हो । भीमदत्त नगरपालिका–१८ को सालघारी र बागबाणी क्षेत्रमा मात्रै तीन सयभन्दा बढी घरटहरा डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सबै घरभित्र पानी भरिएको छ । डुबानका कारण ६० परिवार विस्थापित भएको डीएसपी अमरबहादुर थापाले बताए । ‘सालघारी क्षेत्रका अधिकांश घर डुबानमा छन्,’ भीमदत्त नगरपालिका–१८ का अध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘विस्थापित परिवारमध्ये केहीलाई भगतपुरको योगशाला भवनमा सार्‍यौं, केहीलाई आफन्तकहाँ पठायौं ।’ सालघारी क्षेत्रमा सुकुम्बासी र मुक्त कमैयाहरूको बसोबास छ ।

महेन्द्रनगर बजार क्षेत्र पनि जलमग्न बनेको छ । खोलानाला मिचेर घर निर्माण भएपछि निकास बन्द भएका कारण सामान्य वर्षामा समेत बजार क्षेत्र डुबानमा पर्ने गरेको थियो । भुजेलाघाट र झोलुंगे पुल नजिकैका घर पनि डुबानमा परेका छन् ।

महाकाली नगरपालिकाको चाँदनी क्षेत्रमा पनि एक सय घर डुबानमा परेका छन् । पानी केही घटेकाले विस्थापित परिवार घर फर्किन थालेको सशस्त्र प्रहरीको दोधारास्थित बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रामसिंह भण्डारीले बताए । उनका अनुसार बेदकोट नगरपालिका–१० को दैजीमा पनि हुलाकी सडक किनारमा पानी निकास नहुँदा आधा दर्जन घर डुबानमा परेका छन् । सडक निर्माणका क्रममा पानीको निकास नहुँदा घरसँगै खेतसमेत डुबानमा परेको स्थानीय जोगराज रानाले बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।