१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारबाट मुस्लिम र पीडित समुदायलाई थप सहयोग हुनेमा मुस्लिम आयोग विश्वस्त



अ+ अ-

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने विश्वास व्यक्त गर्नु भएको छ । 

आईतबार मुस्लिम आयोगले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने गर्ने विश्वास व्यक्त गर्नु भएको हो । उहाँले मुस्लिम समुदाय देशको प्रगति, उन्नति र समृद्धिको लागि अघि बढेको समुदाय भएको पनि स्मरण गराउनु भयो ।

अध्यक्ष अन्सारीले भन्नुभयो, ‘विगत लामो समयदेखि मुस्लिम समुदाय देशको राम्रो प्रगतिको काममा, देशको उन्नति, प्रगति, समृद्धिको लागि अघि बढेको समुदाय हो । मुस्लिम समुदाय आफ्नो हक, अधिकारको लागि मात्रै नभएर देशको भलो र विकासका लागिपरेको छ । यो सरकारले मुस्लिम र पीडित समुदायका लाग थप मद्दत गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।’

अध्यक्ष अन्सारीले संविधानमा सबै वर्गको आरक्षणको व्यवस्था गरिए सो अनुसार काम हुन नसकेको बताउनु भयो ।