• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

सरकारबाट मुस्लिम र पीडित समुदायलाई थप सहयोग हुनेमा मुस्लिम आयोग विश्वस्त



काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने विश्वास व्यक्त गर्नु भएको छ । 

आईतबार मुस्लिम आयोगले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने गर्ने विश्वास व्यक्त गर्नु भएको हो । उहाँले मुस्लिम समुदाय देशको प्रगति, उन्नति र समृद्धिको लागि अघि बढेको समुदाय भएको पनि स्मरण गराउनु भयो ।

अध्यक्ष अन्सारीले भन्नुभयो, ‘विगत लामो समयदेखि मुस्लिम समुदाय देशको राम्रो प्रगतिको काममा, देशको उन्नति, प्रगति, समृद्धिको लागि अघि बढेको समुदाय हो । मुस्लिम समुदाय आफ्नो हक, अधिकारको लागि मात्रै नभएर देशको भलो र विकासका लागिपरेको छ । यो सरकारले मुस्लिम र पीडित समुदायका लाग थप मद्दत गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।’

अध्यक्ष अन्सारीले संविधानमा सबै वर्गको आरक्षणको व्यवस्था गरिए सो अनुसार काम हुन नसकेको बताउनु भयो ।