२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखक बन्न पहिले राम्रो पाठक हुनुपर्छ: शिक्षामन्त्री पन्त



अ+ अ-

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो लेखक बन्न राम्रो पाठक पनि बन्नुपर्ने बताउनुभएको छ ।

इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको साहित्यकार कल्पना रिजालको उपन्यास ‘डाँफे’को आज यहाँ विमोचन गर्नुहुँदै उहाँले पाठक हुन नसक्ने व्यक्ति लेखक बन्न नसक्ने बताउनुभयो । लेख्नका लागि धेरै पढ्नुपर्ने र अरुले लेखेको नपढी लेख्ने साहित्कार सफल हुननसक्ने मन्त्री पन्तको भनाइ थियो ।

समालोचक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले उपन्यास राष्ट्र, राष्ट्रियता र देशभक्तिपूर्ण भावका साथै सीमा समस्या अनि समाधानमा केन्द्रित भएको बताउनुभयो । उपन्यासका लेखक रिजालले पाठकको माया पाएर नै आफूले तेस्रो पुस्तक प्रकाशन गर्न सफल भएको बताउनुभयो ।

मन्त्री पन्त, समालोचक उपप्रा ज्ञवाली, लेखक रिजाल, कथाकार भागीरथी श्रेष्ठलगायतले संयुक्त रूपमा उपन्यासको लोकार्पण गर्नुभएको थियो । लेखक रिजालका यसअघि नियात्रा विधाका दुई पुस्तक ‘युरोपसँगैका अनुभूति’ र ‘अर्थदङ्श’ प्रकाशित भइसकेका छन् । रासस