१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

अर्थमन्त्री शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन खोजेः अमनलाल मोदी

अर्थमन्त्री शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन खोजेः अमनलाल मोदी
अ अ+ अ-

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) सांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन लागि परेको आरोप लगाउनु भएको छ । 

सांसद मोदीले विभिन्न समाचार माध्याममा आएको समाचारलाई उधृत गर्दै गभर्नर अधिकारीले आफ्नो पार्टीका नेता समेत रहनु भएका अर्थमन्त्री शर्मालाई असफल बनाउन प्रयास गरिरहनु भएको बताउनु भएको हो । 

आईतबार सिंहदरवारमा आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले माओवादीबाट मन्त्री बन्नु भएका शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन राष्ट्र बैंकले खोजेको समाचार बाहिर आएको भन्दै सत्य के हो ? भनि गभर्नर अधिकारीसँग प्रश्न गर्नु भयो । उहाँले भन्नु भयो, ‘ठूलाबडाले बैंकबाट ऋण पाईरहने, सर्वसाधारणले ऋण नपाउने जो स्थिति छ । 

त्यसलाई कसरी घटाउने ? जो खाडल छ । तलसम्म बैंक जाने कुरामा कसरी सोच्नु भएको छ ? अर्को एउटा पनि हल्ला छ । विभिन्न समाचार माध्यामबाट समाचार पनि आउने गरेका छन । तपाईहरुको टयूनिङ पनि मिलिराखेको छैन । राष्ट्र बैंक, त्यसमा अर्थ मन्त्रालय, हामी त माओवादीको कार्यकर्ता । त्यसो भन्दाखेरी हाम्रो पार्टीका नेता मन्त्री । माओवादीको मन्त्रीले राम्रो काम गर्छ । उसलाई कसरी असफल बनाउने ? भनेर खोजी राख्नु भएको छ भन्ने पनि न्यूजमा, यहाँ, त्यहाँ सुनिराख्या छौं । यसलाई कसरी सोच्नु भएको छ ? बजारमा त्यो पनि हल्ला छ । तपाईहरुका टयूनिङ नमिलिसकेपछि विभिन्न राजनीतिक दृष्टिकोणले पनि हो कि ? के हो ? यसको बारेमा पनि एउटा चाँही आईरहेको छ ।’

सांसद मोदीले पहुँचवालालाई बैठकले ऋण दिने तर सर्वसाधारणलाई ऋण नदिने अवस्था आएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । यता, जवाफमा गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई असफल बनाउन आफू लागेको भन्ने सांसद मोदीको भनाई गलत भएको बताउनु भयो । 

उहाँले व्यूरोक्रेट्सहरुले, संस्था चलाउनुपर्ने व्यक्तिहरुले त्यस्तो खालको सोचाई कहिल्यै नराख्ने तर्क समेत गर्नु भयो । गभर्नर अधिकारीले अर्थ मन्त्रालय र आफूबीच हरेक काममा तादम्यता नहुने भन्ने कुनै नहुने बताउनु भयो । उहाँले भननु भयो,‘माननीय मोदीजीले उठाउनु भएको थियो–अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सम्पर्क आदिइत्यादि केही हो कि भनेर । म त्यसमा चाँही निवेदन गर्न चाहन्छु–हामी व्यूरोक्रेट्सहरु, संस्था संचालन गर्नुपर्ने व्यक्तिहरुले कहिल्यै पनि त्यस्तो खालको सोचाई राख्दैनौं । कहिलेकाँही आउँछ–यो बीचमा मिडियाकर्मीहरुले कहीँकतै लेखेको पनि देख्छौं । तर त्यस्तो कहीँ पनि हुँदैन । र संस्थालाई कसरी हुन्छ, सिष्टमलाई कसरी हुन्छ ? आफ्नो पोलिसीहरुलाई कसरी हुन्छ ? इफेक्टिभली लैजाने हो । सोचाईहरु, जसले लेखि राख्नु भएको छ, फरक हुनु बेग्लै हो । तर हामीले समग्र सिष्टमलाई अगाडि बढाउनका लागि गरिएका कामहरुको चाँही सही किसिमले बताउन नसकेर पनि होला । तर त्यो खोलको भिन्नता भने काममा तादम्यता नहुने भन्ने विषय नै हुँदैन ।’

गभर्नर अधिकारीले आफूहरुले बुझाउन नसकेको कारणले गर्दा पनि मिडियाहरुले मन्त्री शर्मा र आफूबीच मतभेद रहेको भनेर गलत समाचार बनाएको दावी समेत गर्नु भयो ।