२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

बोली नभएर के भो र ? छ्वालीको कलामा बोल्छन् नेत्रदाई

बोली नभएर के भो र ? छ्वालीको कलामा बोल्छन् नेत्रदाई
अ अ+ अ-

गोरखा । नेत्र दाईलाई भगवानले सबथोक दिए, तर बोली दिन बिर्सिए । त्यसैले आज उनीसँग सबैथोक भएपनि बोली छैन । तर उनीसँग शब्दको खाँचो भने छैन । ती शब्द मुखले बोलेर व्यक्त गर्न सक्दैनन् । उनीसँग आवाज त छ तर त्यसमा शब्द उनेर व्यक्त गर्न सक्ने भावको खाँचो छ ।

बोलि मात्र नभएर के भो त ? उनले मुखले बोल्न नसके पनि कलाले बोल्छन्, बोली रोकिएको छैन । आफ्ना भावना र चाहना सबै कलाले नै अभिव्यक्त गर्ने गर्छन् । उनको कलाले बोलेका शब्द कम छैनन्, जसरी अरुले मुखले बोल्ने गर्दछन् ।

गहुँको बाला भित्र्याएपछि त्यसको छ्वाली (डाँठ) को उपयोगिता के होला ? प्रायः गाउँघरमा यसको प्रयोग धेरै थोरै नै हुन्छ । गाइ बस्तुलाई घाँस पनि कमै दिइन्छ र अर्काे सदुयोग पनि त्यति छैन ।

तर त्यही बस्तु गोरखाको सदरमुकामका नेत्रबहादुर श्रेष्ठ ‘लाटा दाइ’ लाई भने सुन्दर सृजना गर्ने साधन बनेको छ । सदरमुकामको तल्लो दरबार नजिकैका नेत्रदाई छ्वालीसंगको सृजनामा तल्लिन देखिन्छन् ।

नेत्रबहादुरका नेत्र भने निकै तेजिला छन् । तर उनको बाक्य भने जन्मजात नै बसेको हो । तिनै नेत्रदाईको मौन कलाले सबैलाई मोहित बनाउँछ । औपचारिक रुपमा नभई परेर र भोगेर सांकेतिक भाषा जानेका नेत्रदाई सँगको दोहोरो सम्बादको आधार हो ।

नेत्र हस्तकला पसलको अगाडि पुग्ने जोकोहीलाई पनि उनको कलाले तानिदिन्छ । उनको कलामा आँखा पर्ने बित्तिकै टक्क अडिन्छ्न र सोधपुछ गर्न थाल्छन् । अनि नेत्रदाईको बारेमा थाहा पाएपछि केही न केही किनेरै लैजान्छन् ।

धेरैका लागि नेत्रदाईको कला गोरखाको कोसेली बन्ने गरेको छ । कसैले केही कोशेली ल्याइदियो कि सोध्ने गर्छन्‐ नेत्र दाइको कला हो ? गोरखा घुम्न जाने पर्यटकदेखि कर्मचारीको स्वागत र बिदाईमा नेत्रदाईको कला सम्झिइन्छ र जोडिन्छ पनि ।

उनी शारीरिक रूपमा फरक क्षमताका छन् तर मेहनत र पौरखले सबै बाठा हौँ भन्नेहरूलाई कलाले नै चुनौती दिइरहेका छन् । नेत्रदाईले कुनै औपचारिक शिक्षा लिएका त छैनन् तर उनको कला देख्दा कसैले अनपढ भन्न सक्दैन, मिल्दैन । उनको अनुभव र निखार कुनै विश्वविद्यालयको औपचारिक शिक्षा भन्दा कम छैन । स्वर र शब्दमा नभेटिने नेत्र दाईको गहिरो भाव, कला र सृजनमा भेटिन्छ ।

विभिन्न रंगबाट चित्रकलाको यात्रा सुरु गरेका नेत्र दाईले त्यस्तै पचासको दशकतिरबाट गहुँको छ्वालीमा आफ्नो मनको कला भर्ने काम सुरु गरको हुन् ।

छ्वालीलाई विभिन्न रंगले रंगाएर चित्र बनाउन थाले पनि नेत्र दाई गोरखाकै एउटा परिचय बनेका छन् । छ्वालीबाट बनेको गोरखा दरबार, मनकामना मन्दिर, पृथ्वीनारायण शाह र बुद्धका आकृति, चित्रहरू चर्चित छन् र अत्यधिक बिक्री पनि हुन्छन् ।

फोटो- डा. राजुबाबु श्रेष्ठ