२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीमा तीन लाख बढीको क्षति



अ+ अ-

किसङ्खुवासभा। यहाँको भोटखोला गाउँपालिका–४ सेम्बुङमा आज आगलागी हुँदा रु तीन लाख बढीको क्षति भएको छ ।

भोटखोला–४ सेम्बुङमा आगलागी हुँदा स्थानीय नुर्वु भोटेको दुईतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । चुल्होबाट आगो सल्किँदा ढुङ्गा माटोले बनेको भोटेको दुईतले घर जलेर क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीको  सहयोगमा चार घण्टापछि आगो निभाइएको छ । आगलागीपछि भोटेको परिवार छिमेकीको घरमा बसेका छन् ।