१४ असार २०८३, आईतवार
,
Latest
इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकारी संयन्त्र र संस्थागत संरचनाको असफलताका कारण नेपाल विकासमा पछाडिः उपमहासचिव शर्मा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विकासमा पछाडि पर्नुको मुख्य कारण कार्यकारी संयन्त्र र संस्थागत संरचनाको असफलता भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले विकास र समृद्धि मुलुकको कार्यकारी संस्थाहरूको प्रभावकारीता र कार्यान्वयन क्षमतामा निर्भर रहने भएपनि नेपालका संयन्त्रहरू क्रियाशील हुन नसकेको बताउनु भयो । नेपालको विकास र समृद्धिका लागि गेम चेन्जर आयोजनाको रुपमा हेरिएका कर्णालीको चिसापानी आयोजना, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र हुलाकी राजमार्ग दशकौंसम्म पनि सम्पन्न नहुनु देशको कार्यकारी संरचनाको असफलता भएको शर्माको भनाइ छ । उहाँले संस्थागत सोच, कार्यसंस्कृति र नेतृत्व क्षमताको अभावले देशलाई पछाडि पारेको उल्लेख गर्दै कार्यकारी संयन्त्रमा सुधार नगरी विकास सम्भव नहुने जिकिर गर्नुभयो ।

उपमहासचिव शर्माले भन्नुभयो, ‘नेपालको आजसम्मको असफल विकास यात्राको सबैभन्दा ठुलो कारक तत्वको रुपमा मुलुकको विकास निर्माणका लागि स्थापना भएका कार्यकारी संयन्त्रअन्तर्गतका संस्था र संस्थागत संरचना नै हो । मेले यहाँ भन्न खोजेको कुरा के हो भने कुनैपनि देशको विकास र समृद्धि ती देशका कार्यकारी संस्था र संस्थागत प्रभावकारितामा भर पर्दछ । यस हिसाबले नेपाल एक असफल राष्ट्र हो । उदहारणका लागि विकास र समृद्धिका लागि गेम चेन्जरका रुपमा हेरिएको कर्णालीको चिसापानी आयोजनामा ३५ वर्ष बितिसक्दा पनि केही काम हुन सकेको छैन । निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा २८ वर्षसम्म पनि खासै केही काम भएको छैन । जम्मा ११०० किलो मिटरको हुलाकी राजमार्ग दशकौँ बितिसक्दा समेत सम्पन्न गर्न सकेका छेनौं । आखिर यी सबै असक्षमताहरु देशको कार्यकारी संरचनाभित्र जिम्मेवार संस्था र संस्थागत संरचनाको असफलता नै हुन् ।’

उहाँले मुलुकको विकासलाई गति दिन सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध दृढ संकल्पसहित समर्पित नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्नुभयो । संविधान संशोधन कार्यान्वयनमार्फत मुलुकको व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाका कामकारबाहीलाई जनताको अधिकारमा प्राप्तिमा केन्द्रित गर्नुपर्नेमा उहाँको जोड छ ।