११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

देशभर लागुऔषधको समस्या विकराल, प्रहरीद्वारा रचनात्मक सहयोगको आपिल

देशभर लागुऔषधको समस्या विकराल, प्रहरीद्वारा रचनात्मक सहयोगको आपिल
अ अ+ अ-

काठमाडौँ । लागुऔषध देशको साझा समस्याको रुपमा आएको भन्दै न्युनिकरणका लागि आवश्यक कदम चाल्नुनपर्ने बताएको छ ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले लागुऔषधको समस्या विकराल बन्दै गएको बताउनुभएको हो ।

उहाँले नेपालको साझा समस्या भनेकै लागुऔषध रहेको र समाज लागुऔषधको समस्याका कारण आक्रान्त बनेको बताउनु भयो । उहाँले युवाहरु लागुऔषधको दुव्र्यसनमा परेर आफ्नो भविष्यको दुरावस्थामा पुगिरहेको बताउनु भयो । मुलुकको समुन्नति, मुलुकको विकास र समाजको उदाहरणीय व्यक्तित्व रुपमा देख्नसक्ने मानिसहरु नै अहिले दुव्र्यसनको शिकार हुनु दुःखद् भएको बताउनु भयो । सबैले लागुऔषध दुव्र्यसनीको बिरुद्धमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो साझा समस्या लागुऔषध हो । अहिले हाम्रो समाज आक्रान्त भएको छ । हाम्रा युवाहरु लागुऔषधको दुव्र्यसनमा परेर आफ्नो भविष्यको दुरावस्थामा पुगेका छन् । हामीले मुलुकको समुन्नति, मुलुकको विकास र समाजको उदाहरणीय व्यक्तित्व रुपमा देख्नसक्ने मानिसहरु नै अहिले दुव्र्यसनको शिकार भएको छ । सम्भावित भविष्यको अन्त्य भएको छ । सबैले लागुऔषध दुव्र्यसनीको बिरुद्धमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । यसबाट आक्रान्त करिव ८० प्रतिशत युवाहरु रहेका छन् । यसले लागुऔषधको दुव्र्यसनीले युवा पिँढीको भविष्य अन्त्य गरेको छ । यसले ठूलो धनराशी नेपाल बाहिर गएको छ । यसमा नेपाल प्रहरीलाई रचनात्मक सहयोग गर्नुपर्छ ।’

प्रवक्ताले नेपाल प्रहरीमा १८ हजार थप दबरन्दी आवश्यक रहेको बताउनु भयो । नेपाल प्रहरीको आफ्नै कार्यालय भवन नभएको प्रहरी इकाइ ७ सय ९१ वटा रहेको बताउनु भयो । २७ हजार ७ सय ८८ जनशक्ति आवश्यक रहेको बताउनु भयो । नेपाल प्रहरीले २४ घण्टामा ४ सय २६ वटा सवारी गस्ती, चेकिङ ६ सय ९ स्थानमा, पिकेट १ हजार १ सय ६८ वटा हुने गरेको बताउनु भयो ।