२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पत्रकारिता क्षेत्रको विकास गर्न आवश्यक सहयोग गर्ने- मुख्यमन्त्री सिंह



अ+ अ-

जनकपुर। मधेस–प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकारिता क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको छ । विगतमा विभिन्न कारणले पत्रकारिता क्षेत्रलाई चाहिनेजति सहयोग गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।

मधेस–प्रदेश सरकार र सार्वजनिक सेवा प्रसारण नेपालबीच मधेस प्रदेशको राजधानी जनकपुरधामको मधेस भवनमा मधेस ब्युरो कार्यालय सञ्चालन गर्नेसम्बन्धी सम्झौतापत्र आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री सिंहले आउँदो बजेटमा पत्रकारिता क्षेत्रको विकासका लागि थप बजेट विनियोजन गरिने बताउनुभयो । सो बजेट मधेस प्रदेशको गृहसञ्चार तथा कानुन मन्त्रालयमार्फत पत्रकारिता क्षेत्रको विकासका लागि खर्च गरिने उहाँले बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको रेडियो नेपाल तथा नेपाल टेलिभिजनको स्टुडियोसहितको मधेस ब्युरो कार्यालय मधेस भवनबाट सञ्चालन हुनु गर्वको विषय भएको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले यस संस्थाले सरकार र जनताबीचको पुलको काम गर्ने आशा व्यक्त गर्नुभयो । उहाँले मधेस प्रदेश सरकारको सानो सहयोगमा प्रदेशको गतिविधि, केन्द्र, देश तथा विश्वभरिका आमजनतामा पु¥याउन रेडियो नेपाल तथा नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण भएको र अगामी दिनमा थप प्रभावकारी बन्ने आशा व्यक्त गर्नुभयो ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सानो सहयोगले नेपालमा इतिहास बोकेको रेडियो नेपाल तथा नेपाल टेलिभिजनको ब्युरो कार्यालय स्थापना हुनु गर्वको विषय भएको बताउँदै यसबाट मधेसका जनताको चाहना र इच्छा सार्वजनिक सेवाबाट मुखरित हुने आशा व्यक्त गर्नुभयो ।

सार्वजनिक प्रसारण सेवा नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले मधेस प्रदेशको राजधानी जनकपुरधाममा सार्वजनिक सेवा प्रसारण नेपालको भौतिक उपस्थितिले यस प्रदेशको गतिविधि अझ बढी जनतामाझ प्रवाहित हुने बताउनुभयो । उहाँले सार्वजनिक सेवा प्रसारण नेपालले जनताको बोली बोल्ने भएकाले सरकारले पनि जनताका लागि काम गर्ने हुँदा सरकारको गतिविधि जनतासमक्ष ब्युरो कार्यालयबाट प्रभावकारी किसिमले पुग्ने बताउनुभयो ।

सरकारले प्रयोग गर्दै आएको कभर्डहलसँगैको चार कोठामा सार्वजनिक सेवा प्रसारण नेपालको रेडियो नेपाल तथा नेपाल टेलिभिजनको स्टुडियोसहितको संरचना निर्माण गरेर यसै ठाउँबाट विभिन्न प्रकारको प्रसारण सामग्रीको उत्पादन गरेर रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय बर्दिवास तथा नेपाल टेलिभिजनको इटहरीबाट प्रसारण केन्द्रबाट प्रसारण गर्न सम्झौता भएको हो ।

मुख्यमन्त्री सिंह, प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री लेखी र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा विष्टको उपस्थितिमा दुईपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्ने काम सम्पन्न भएको हो । सम्झौता पत्रमा मधेस प्रदेश सरकारका तर्फबाट गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बराल तथा सार्वजनिक सेवा प्रसारण नेपालका तर्फबाट रेडियो नेपाल मधेस प्रदेश बर्दिवास कार्यालयका प्रमुख रामपुकार रामले हस्ताक्षर गर्नुभयो ।

मधेस प्रदेश सरकारको सम्पूर्ण गतिविधिकाबारेमा समाचार, कार्यक्रमसहितका अन्य सामग्रीको उत्पादन यसै ठाउँबाट हुनुका साथै रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारणका अतिरिक्त केन्द्रीय प्रसारणमा प्रभावकारी सम्प्रेषण मधेस भवनबाटै हुने बताइएको छ । रासस




भर्खरै