१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छः अध्यक्ष दाहाल



अ+ अ-

ढोरपाटन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताउनुभएको छ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको बुर्तिबाङ आउनुभएका उहाँले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै पार्टी नयाँ गतिमा अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

मध्यपहाडी जनजागरण अभियानमा आमनागरिकको गुनासा र सुझाव ग्रहण गर्दै पार्टी अगाडि बढिरहेको बताउँदै अध्यक्ष दाहालले यो अभियानले देशमा नयाँ राजनीतिक वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले आगामी दिनमा राष्ट्रिय एकतालाई सुदृढ गर्दै किसान, मजदुरका, उत्पीडन वर्गका समस्या समाधानमा केन्द्रित हुने वातवरण बनाउने उल्लेख गर्नुभयो ।

आफू प्रधानमन्त्री हुँदा देशमा ठूला परिवर्तन भएको भन्दै अध्यक्ष दाहालले राष्ट्रिय गौवरको आयोजना मध्यपहाडी लोकमार्गसहित अन्य कतिपय योजना तत्कालीन समयमा थालनी गरेको दाबी गर्नुभयो । मध्यपहाडी लोकमार्गले मध्यपहाडमा बस्ने लाखौँ जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “नेपालमा स्वच्छ र स्वस्थ राजनीति गर्ने परिपाटीको विकास भएको छैन । अबमा दिनमा सबै राजनीतिक दल इमान्दारीपूर्वक जनताका पक्षमा केन्द्रित हुनुपर्ने जरुरी छ । पार्टीले सुरु गरेको मध्यपहाडी जनजगरण अभियानमा माओवादी केन्द्रप्रति जनताको आशा पलाएको पाएका छौँ । यो यात्रा आमनागरिकको सुझाव ग्रहण गर्ने र पार्टीलाई मजबुत बनाउनका लागि हो ।” पछिल्लो समय देशमा भ्रष्टाचार मौलाउँदै गएको बताउँदै उहाँले यसलाई न्यूनीकरण गर्न पार्टीले खबरदारी गर्दै आएको उल्लेख गर्नुभयो ।