२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

विगतका कमजोरी सच्याउँदै नीति निर्माण गर्नुपर्छः सांसद श्रेष्ठ

विगतका कमजोरी सच्याउँदै नीति निर्माण गर्नुपर्छः सांसद श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले विपद् व्यवस्थापनमा हिजोका कमजोरी सच्याउँदै आगामी दिनका लागि नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले विपद्पछि वितरण हुने राहत वितरणका लागि एकद्वारा नीति आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले प्राकृतिक विपत्ति रोक्न नसकेपनि मानवीय कारणले हुने विपत्ति रोक्नेतर्फ सचेत र शतर्क हुनुपर्नेमा जोड दिनुभयो । विपद् न्युनिकरणका लागि पूर्वसूचना प्रणालीको विकासमा जोड दिँदै उहाँले नीति राम्रा बनेपनि कार्यान्वयन नहुँदा धेरै क्षति भोगिरहनुपरेको बताउनु भयो । सांसद श्रेष्ठले तीन तहको सरकारबीच समन्वयको अभावका कारण विपदपछि उद्धार र राहतमा समेत समस्या भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विपद्बाट भएका क्षतिको राहत कसरी उपलब्ध गराउने भन्ने विषय नेपाल सरकारलाई हरेक वर्ष भइरहेको छ । यसप्रकारका काम भइरहँदा पनि विपद रोकिएको छैन । विपद्पछिको राहत वितरणका क्रममा बाहिर टिका टिप्पणी भइरहेका छन् । नीति व्यवहारिक रुपमा कार्यानवयन कतिको हुन्छ । हिजोका गल्ती सच्याउन सक्दैनौं । गल्तीबाट पाठ सिक्दै आगामी दिनका लागि नीति बनाउन सजिलो भएको छ । प्राकृतिक विपत्ति र मानवीय कारण । प्राकृतिक विपत्ति रोक्न सकिँदैन तर मानवीय कारणले हुने विपत्ति रोक्नका लागि सतर्क हुनुपर्छ । विपत्तिपछि यही बागमती र विष्णुमतीमा बाढी आउँछ हरेक वर्ष २ चार जनाको मृत्यु हुन्छ । घरहरु डुवान हुन्छ त्यसलाई त न्युनिकरण गर्न सकेका छैनौं भने गाउँघर वस्तीका विषय त टाढाको कुरा हो । विपद बाजा बजाएर आउँदैन । तर यो विपदलाई हामीले समयमा नै सजग भएर तयारी गरेको खण्डमा निश्चय पनि कम गर्न सकिन्छ । जस्तै भवन निर्माणका नियमलाई कडाई गर्ने । स्थानीय तहकै कार्यक्षेत्र भित्र रहेपनि । पूर्वसूचना प्रणालीको विकासमा हामी कत्तिको छ विकसित देशहरुलाई हेरेर त्यसतर्फ ध्यान दिनु जरुरी भइसकेको छ । पूर्व सूचना प्रणालीको विकासमा जोड दिनुपर्छ । नीति धेरै राम्रा बनेका छन् तर व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । विपद्का समयमा अलि बढी पहुँच भएको स्थानमा बारम्बार राहत सामग्री पुग्यो तर पहुँच नभएका ठाउँमा भने एक पटक पनि राहत पुग्न समस्या छ । त्यतातर्फपनि ध्यान दिनु उपयुक्त हुन्छ । तीन तहबीचको समन्वय अभावले विपदका समयमा तत्काल उद्ददार र राहत पुग्न सकेको छैन ।’

उहाँले विपद् व्यवस्थापनका लागि समयमै तयारी गर्ने हो भने शतप्रतिशत काम गर्नसकिने दाबी गर्नुभयो ।