१९ भाद्र २०८३, शुक्रबार
,
Latest
कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेत विमानस्थलको धावनमार्गमुनिबाट पानी निस्किएपछि उडान ठप्प



अ+ अ-

वीरेन्द्रनगर। सुर्खेत विमानस्थलको धावनमार्गमा पानी निस्किएपछि विमानस्थलबाट बन्द भएको छ ।

मंगलबारदेखि धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछि उडान ठप्प भएको हो ।

मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेको विमानस्थल प्रमुख हिराजन काफ्लेले बताए । उक्त खाल्डो पुर्ने काम भइरहँदा जमिनमुनिबाट पानी निस्किन थालेको उनको भनाइ छ ।

शनिबारसम्म सबै काम सक्नेगरी काम भइरहेको र त्यतिञ्जेलसम्मको लागि विमानस्थल बन्द हुने उनले बताए । भौगर्भिक अनुसन्धानपछि समस्याको बारेमा थाहा हुने उनको भनाई छ ।

विमानस्थल बन्द हुँदा हाल हवाई यात्राका लागि नेपालगन्ज पुग्नुपर्ने सिर्जना भएको छ ।