६ पुष २०८२, आईतवार
,
Latest
ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक जेन–जी फ्रन्टद्वारा सल्लाहकार परिषद् गठन २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेत विमानस्थलको धावनमार्गमुनिबाट पानी निस्किएपछि उडान ठप्प



अ+ अ-

वीरेन्द्रनगर। सुर्खेत विमानस्थलको धावनमार्गमा पानी निस्किएपछि विमानस्थलबाट बन्द भएको छ ।

मंगलबारदेखि धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछि उडान ठप्प भएको हो ।

मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेको विमानस्थल प्रमुख हिराजन काफ्लेले बताए । उक्त खाल्डो पुर्ने काम भइरहँदा जमिनमुनिबाट पानी निस्किन थालेको उनको भनाइ छ ।

शनिबारसम्म सबै काम सक्नेगरी काम भइरहेको र त्यतिञ्जेलसम्मको लागि विमानस्थल बन्द हुने उनले बताए । भौगर्भिक अनुसन्धानपछि समस्याको बारेमा थाहा हुने उनको भनाई छ ।

विमानस्थल बन्द हुँदा हाल हवाई यात्राका लागि नेपालगन्ज पुग्नुपर्ने सिर्जना भएको छ ।