११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि तयार भएर बस्नुस्ः गृहमन्त्री लेखक

विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि तयार भएर बस्नुस्ः गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि सशस्त्र प्रहरी बलले निष्ठापूर्वक काम गर्नुपर्ने बताउनुभएको छ ।

सशस्त्र प्रहरी बलको कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षालयको तालिम समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विपदका समयमा आम नागरिकको जिउ, जीवन र धन रक्षाका लागि सशस्त्र प्रहरी बल सधैं अग्रगतिमा रहनुपर्ने बताउनुभएको हो ।

उहाँले तराई, मधेस, पहाड, हिमाल जुनसुकै ठाउँमा पर्ने विपद्को समयका लागि तयार भएर बस्न निर्देशन समेत दिनुभयो । मन्त्री लेखकले विपदका समयमा नागरिकको जीवन रक्षाका लागि हुँदै आएको कामको प्रशंसा गर्दै विपद्मा परेका नागरिकको जीवन रक्षाका लागि निष्ठापूर्वक काम गर्न आग्रह गर्नुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहका सरकार आपसमा मिलेर विदको जोखिम न्यूनिकरण गर्दै जनधनको सुरक्षा गर्नु वर्तमानको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शसस्त्र प्रहरी बल नेपालले विपद जोखिम न्युनिकरण, विपदमा परेका मानिसको खोज उद्दार, राहतलगायतका कार्य गर्ने विषयमा जुन विज्ञता हासिल गरिरहेको छ यसको प्रशंसा गर्न चाहन्छु । कुरिनटारस्थित विपद जोखिमका बारेमा शिक्षित गर्ने, दीक्षित गर्ने शिक्षालयले विभिन्न प्रशिक्षार्थीलाई शिक्षित गरेर आम नागरिकको जीउ, जीवन र धन रक्षाका लागि जुन कला सिकाएको छ त्यसको लागि शिक्षालय धन्यवाद दिन चाहन्छु । यसमा संलग्न सम्पूर्ण अधिकारीहरु, प्रशिक्षकहरु र प्रदेश सरकार जसले यसमा सहयोग गरेको छ । स्थानीय सरकार र जनप्रतिनिधिहरुलाई धन्यवाद दिन चाहन्छु । बाढीको समयमा डुवानका क्षेत्रमा जसरी सशस्त्र प्रहरी बल नेपालका जवानहरुले कुशलतापूर्वक मानिसको जीवन रक्षा गर्छन् त्यसका लागि हासिल गर्नुभएको सीप राष्ट्रका लागि समर्पित भएर नागरिकको जीवन रक्षाका लागि सधैं यसैगरी निष्ठापूर्वक काम गर्न आग्रह गर्दछु । विपदका समयमा नागरिकको जीवन रक्षाका लागि गर्नुभएको कामको प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छु । तराई, मधेस, पहाड, हिमाल जुनसुकै ठाउँमा पर्ने विपदका लागि तपाईहरु तयार भएर बस्नुपर्छ । जुनसुकै समयमा आउने विपदका बेला हरदम तयार भएर बस्नु जरुरी छ । र, संघ, प्रदेश र स्थानीय तहका सरकार आपसमा मिलेर विपदको जोखिम न्युनिकरण गर्ने र जोखिमपछिका प्रतिकार्य गर्दै नागरिकको जनधनको सुरक्षा गर्नु अहिलेको आवश्यकता हो ।’

उहाँले तालिममा हासिल भएका सीप राष्ट्रका लागि समर्पित गर्दै नागरिकको जीवन रक्षाका लागि निष्ठापूर्वक काम गर्न आग्रह गर्नुभयो ।