१९ भाद्र २०८३, शुक्रबार
,
Latest
कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमानस्थलमा मेरो कार्यकालमा कुनै अनियमितता भएको भए कारबाहीको दायरामा आउँछुः योगेश भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले आफ्नो कार्यकालमा पोखरा विमानस्थलमा कुनै अनियमितता भएको अख्तियारले छानविन गरेको खण्डमा आफू बयान दिन जाने बताउनुभएको छ ।

बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आवश्यक छानविन गरीकन यथार्थ विवरण अख्तियारले पनि समितिमा पठाउन जरुरी रहेको बतउनु भयो । उहाँले साथै आवश्यक कारबाही गर्न पछि हट्न नहुने बताउनु भयो । निर्णयको प्रक्रियामा आफ्नो पार्टीको कोही संलग्न भएको भए काराबाहीको दायरामा आउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसमा आवश्यक छानविन गरीकन यथार्थ विवरण यहाँ पनि पठाउनुपर्छ अख्तियारले । साथै आवश्यक कारबाही पनि गर्नुपर्छ । यो निर्णयको प्रक्रियामा मेरो पार्टीको पनि कोही संलग्न छौँ, छन् भने कारबाहीको दायरामा हामी आउँछौँ । म टोटल मिडियाको अगाडि भन्छु । मेरो कार्यकालमा पोखरा विमानस्थलमा कुनै अनियमितता भएको अख्तियारले छानविन गर्छ भने म बयान दिन जान्छु । अर्को पयर्टनमन्त्री पनि जाओस् ।’

सांसद भट्टराईले कसैलाई लुकाउन, छिपाउन कसैले पनि नखोेजेको बताउनु भयो ।