७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसपा (नयाँ शक्ति)का पदाधिकारी माओवादीमा



अ+ अ-

रुकुम । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का जिल्ला स्तरीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत रुकुम पूर्वको सदरमुकाम रूकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा नेसपाका जितमान पुनसहितका जिल्लास्तरीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

जनमुक्ति सेनाका पूर्व कमान्डर तथा पूर्व जिल्ला सेक्रेटरीसमेत रहनुभएका पुनलाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभयो । त्यसैगरी नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य उपेन्द्रलाल कामीलाई पनि अध्यक्ष दाहालले स्वागत गर्नुभयो ।

पार्टी प्रवेश गर्नेहरुमा नेसपाका जिल्ला संयोजक राखिमान घर्तीमगर, उपाध्यक्ष सतमान पुन, बलबहादुर छिनाल, सचिव धर्मटेक घर्तीमगर, कोषाध्यक्ष पुथ्बीहादुर घर्तीलगायत छन् ।

अध्यक्ष दाहालले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गर्नुभयो ।