२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ? ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत गृहमन्त्री पुनः नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति, सुशासनमाथि प्रश्न प्रदेश र स्थानीय सरकारलाई पुँजीगत खर्चको १ प्रतिशत विज्ञान तथा नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह तथ्यांकमा विश्वकपः को कति सफल ? कसले कति खेले, कति जिते ? ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार छ : सभापति गजुरेल बजेट हेरफेर प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सांसद पुनको माग खपत बढाउन उत्पादनमूलक उद्योग आवश्यक छ : परिसंघ अध्यक्ष पाण्डे ऊर्जा क्षेत्रको बजेटले समस्या समाधानको सङ्केत गरेको छ : चेम्बर अध्यक्ष लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन समितिमा राहुल केसी नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवितामार्फत् बन्दुक हिंसाविरुद्ध शान्तिको आवाज उठाउँदै अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न



अ+ अ-

काठमाडौँ। “शान्ति र लोकतन्त्रको लागि महिला नेपाल” संस्था र “साना हतियार सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल”को संयुक्त आयोजनामा मण्डला थियटर काठमाडौँमा “शान्तिको आवाज: बन्दुक हिंसाविरुद्ध कवितामार्फत् प्रतिवाद” शीर्षक अन्तरविद्यालय कविता वाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा १९ जना उत्कृष्ट प्रतियोगीमा बहिनि र भाईहरुले साना तथा हल्का हातहतियारबाट उत्पन्न हुने हिंसात्मक असरहरूबारे आफ्ना विचार कविता मार्फत प्रस्तुत गरे। उनीहरूले नेपालमा यस्ता हतियारहरूको नियन्त्रण, व्यवस्थापन, र गैरकानुनी कारोबारको अन्त्यका लागि तयार पारिएका नीति तथा कानुनहरूको प्रभावकारी कार्यान्वयनको माग गर्दै शान्तिको पक्षमा सशक्त आवाज उठाए।

प्रतियोगितामा काठमाडौँका १० प्रतिष्ठित विद्यालय—बेबिलोन नेशनल स्कूल, ज्ञान निकेतन माध्यमिक विद्यालय, ग्रामर स्कूल, काञ्जिरोवा नेशनल माध्यमिक विद्यालय, सिद्धि गणेश माध्यमिक विद्यालय, भि.एस निकेतन माध्यमिक विद्यालय, शान्ति विद्या गृह माध्यमिक विद्यालय, ब्रुकलिन एकेडेमी, एसियन पब्लिक स्कूल,र श्री जुद्धोदय पब्लिक उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै “शान्ति र लोकतन्त्रको लागि महिला नेपाल” संस्थाकी अध्यक्ष शोभा प्रधान श्रेष्ठले साना तथा हल्का हातहतियारहरूको अनियन्त्रित प्रसारले समाजमा हिंसा, अपराध र द्वन्द्व बढाइरहेको उल्लेख गर्दै यसले मानव अधिकार, आर्थिक–सामाजिक विकासमा विनाशकारी असर पारेको बताइन्।

विश्वव्यापी रूपमा साना तथा हल्का हातहतियारहरूको अत्यधिक सञ्चय, अनियन्त्रित विस्तार र अवैध कारोबारले मानव सुरक्षामा गम्भीर चुनौती खडा गरिरहेको छ। संयुक्त राष्ट्रसंघको “कार्ययोजना” (UN Program of Action) ले हतियार नियन्त्रण तथा व्यवस्थापनका लागि सबै देशहरूलाई सहकार्य गर्न आह्वान गरेको छ।

नेपालको सन्दर्भमा अनुमानित ४ लाख ४० हजार साना हातहतियारमध्ये केवल ५५ हजार मात्र कानुनी रूपमा दर्ता भएका छन्। खुला नेपाल–भारत सिमाना, चिनियाँ हतियारहरूको पहुँच र आपराधिक समूहहरूको संलग्नताले समस्या झन जटिल बनाएको छ। द्वन्द्वकालदेखि महिलाहरू, बालबालिका र सर्वसाधारण यस्ता हतियारद्वारा उत्पन्न हिंसाको प्रमुख शिकार भइरहेका छन्।

वैश्विक रूपमा करिब १ अर्ब हातहतियार परिचालनमा छन्, जसमध्ये ८५% सर्वसाधारणको हातमा छन्। हरेक वर्ष करिब ५ लाख २६ हजार मानिस यस्ता हतियारद्वारा मृत्यु हुन्छन्, र तिनको ७५% युद्धबाहिरका घटनाहरूमा हुने गर्दछ। हरेक वर्ष उत्पादित ८० लाख बन्दुकमध्ये केवल ८ लाख मात्र नष्ट गरिन्छन्। १ नष्ट हुँदा १० अवैध हतियार उत्पादन हुने अनुमान छ।

साना तथा हल्का हतियारहरूको सजिलो उपलब्धताले हत्या, बलात्कार, बालश्रम, बालसैनिक संलग्नता, अपांगता, मानसिक तनाव र सामाजिक अस्थिरता निम्त्याउँछ। यसलाई नियन्त्रण गर्न कानुनी संरचना सुदृढीकरण, सिमानामा सुरक्षा, जनचेतना र अन्तर्राष्ट्रिय सहकार्य अनिवार्य भएको प्रतियोगिताका सहभागीहरूले औँल्याए।

संयुक्त राष्ट्रसंघको कार्ययोजना कार्यान्वयनमा नागरिक समाज, विशेषगरी युवाहरूको भूमिका निर्णायक रहेको बताइयो। उनीहरूले शासन प्रणालीलाई उत्तरदायी बनाउने, वकालत गर्ने र जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कुल १४० सहभागीमध्ये भिएस निकेतन माध्यमिक विद्यालयकी रोशनी कुमारी महतो प्रथम, बेबिलोन नेशनल विद्यालयकी सिजुका बस्याल द्वितीय, ब्रुकलिन एकेडेमीकी श्रीष्टि गौतम तृतीय तथा कान्जिरोवा नेशनल विद्यालयकी प्रमिता घिमिरे चौथो स्थान प्राप्त गर्न सफल भए।




भर्खरै