२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी, तयारी अवस्थामा नबसे ठूलो क्षति हुने चेतावनी



अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ ।

बुधवार विभागले ललितपुरमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन् ।

विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताउनु भयो । उहाँले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको बताउनु भयो । उहाँले यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको बताउनु भयो । उहाँले तापक्रम पनि स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत हुने जानकारी गराउनु भयो । यस्तै, उहाँले यस वर्षको मनसुन ऋतुको न्यूनतम तापक्रमको आकलन पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मनसुन ऋतुको वर्षाको आकलन चाहीँ यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ । यस्तै, यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ । यो पनि ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ । मनसुन ऋतुको न्यूनतम तापक्रमको आकलन पनि यस वर्ष पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।”  

विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षतिलाई न्युनिकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने बताउनु भयो । उहाँले १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्हरू मनसुनको अवधिमा हुने बताउनु भयो । उहाँले यो अवधिमा पहिरो–बाढीको जोखिम, धनजनको क्षति र अन्य विपद्का घटनाहरू बढी हुने भएकोले तयारी अवस्थामा बस्नुपर्ने बताउनु भयो । यस्तै, उहाँले मनसुन अगावै तयारी अवस्थामा रहेको खण्डमा धनजनको जोखिमलाई न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने, १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्हरू मनसुनमा हुने हुनाले हामी यसको लागि तयारी भएर बस्नुपर्ने हुन्छ । यो बेलामा पहिरो जाने, बाढी आउने, धेरै जोखिम हुने, धनजनको क्षति हुने र धेरै विपद् आइपर्ने भएकोले यसको लागी तयार भएर बस्नुपर्ने हुन्छ । हामीले अगाडी नै एक्शन लियौँ भने ज्यान, धनको जोखिमलाई न्युनिकरण गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।”  

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । मनसुनको समयमा नेपालमा हरेक वर्ष तीन सय बढीको ज्यान जाने र २ सय मिलियन डलरभन्दा बढी क्षति हुने गरेको विभागले जनाएको छ ।