१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

नीतिगत संरक्षण भए छोटो अवधिमै तीव्र आर्थिक विकास सम्भव छः ढकाल

नीतिगत संरक्षण भए छोटो अवधिमै तीव्र आर्थिक विकास सम्भव छः ढकाल
अ अ+ अ-

चितवन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट नीतिगत संरक्षण भए निजी क्षेत्रले छोटो अवधिमै आर्थिक विकासलाई परिणाममुखी बनाउने बताउनु भएको छ । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको १३ औं चितवन महोत्सवलाई आइतबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्र र सरकारको लक्ष्य एउटै भए पनि सहकार्यलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । 

“निजी क्षेत्रले कुनै पनि काम अघि बढाउन खोज्यो भने त्यहाँ धेरै तिरबाट अवरोध आउँछन्,” वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “निजी क्षेत्रले लगानी गरेर रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने नै हो तर हामीले प्रक्रियागत झमेला नै बढी बेहोर्नुपरिरहेको छ ।”

आइएमएई समूहका अध्यक्षसमेत रहनुभएका ढकालले गैंडाकोटमा निर्माणाधीन केबलकारको भौतिक निर्माणभन्दा प्रक्रिया पूरा गर्न बढी समय खर्चनुभएको स्मरण गर्नुभयो । सरकारले नीतिगत सुधार र निजी क्षेत्रको संरक्षकत्व र अभिभावकत्व लिइदिने हो भने अपेक्षा गरिएभन्दा अगावै आर्थिक विकासलाई परिणाममुखी रुपमा अघि बढाउन आफूहरु सक्षम रहेको उहाँको भनाइ छ । 

वागमती प्रदेशका मुख्यमन्त्री, भरतपुर महानगरपालिकाका प्रमुखलगायतका विशिष्ठ व्यक्तिहरु सहभागी समारोहमा वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रले अघि सारेका आर्थिक गतिविधि बढाउने कार्यक्रमलाई संघीय, प्रादेशिक र स्थानीय सरकारले सहयोग गर्नु अपरिहार्य रहेको बताउनुभयो । “तीनवटै तहका सरकारले चाहेको रोजगारी वृद्धि, आर्थिक गतिविधि बढाउने कार्यक्रम नै हो,” उहाँले भन्नुभयो, “निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार छ । सरकारले नीतिगत सुधार गर्ने हो भने छोटो समयमै आर्थिक गतिविधि बढाउन सकिन्छ ।” 

सबै तहका सरकारहरुले परम्परागत नियम कानुन परिवर्तन गर्ने आँट गर्नुपर्ने ढकालको धारणा छ । उहाँले निजी क्षेत्रलाई पनि लगानीमैत्री कानुन निर्माणका लागि निरन्तर दबाब दिइरहन सुझाव दिनुभयो । स्थानीय र प्रदेश तहमा जिल्लानगर र प्रदेश उद्योग वाणिज्य संघले जनप्रतिनिधिहरुलाई झकझकाउनुपर्ने र आफूहरुले संघीय सरकारलाई सल्लाह सुझाव दिने उहाँको भनाइ छ । 

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले चितवनलाई नेपालकै वृहत पर्यटकीयस्थल बनाउने प्रस्ताव समेत राख्नुभयो । चितवनको अनुपम प्राकृतिक सौंदर्यलाई उपयोग गर्नुपर्ने र नेपालको मध्य भूभागमा रहेका कारण यहाँको पर्यटकीय सम्भावना बढी रहेको उहाँको भनाइ छ । चितवनको सम्पदा सदुपयोगका लागि सरकारबाट विधिवत निर्णय भए निजी क्षेत्र सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो । 

चितवन महोत्सवले निजी क्षेत्र जस्तोसुकै अप्ठेरो अवस्थामा पनि आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ भन्ने प्रमाणित गरेको वरिष्ठ उपाध्यक्ष ढकालको भनाइ छ । कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यस वर्ष आइतबारदेखि सुरु भएको हो ।