३ असार २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्ताहव्यापी कार्यक्रम गरी हेड्स नेपालले मनायो ३२ औं स्थापना दिवस



अ+ अ-

गोरखा । सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी स्वास्थ्य, शिक्षा, कृषि तथा विकास समाज (हेड्स नेपाल)ले ३२ औं स्थापना दिवस मनाएको छ ।

यस अवसरमा वैशाख ३१ गते संस्थाको स्थापना गाउँ भिमसेन थापा गाउँपालिका, वडा नं. ५ स्थित बगुवामा २६ जनाको सहभागितामा पुष्प खेती तालिम दिइएको छ । यस्तै बगुवा शाखाका ८ जना पूर्वअध्यक्षहरूलाई सम्मान, सोही गाउँपालिकामा हेड्स नेपालले देशको विभिन्न सुमदायमा पुर्‍याउँदै आएको सेवा कार्यहरू बारेमा अन्तक्रिया तथा जग्गा दाताहरूलाई सम्मान गरिएको छ । कृषि गतिविधिमा सहयोग पुर्‍याउन उहाँहरूले संस्थालाई ३७ रोपनी जग्गा दान गर्नुभएको थियो ।

यस्तै जेठ १ गते स्थापना दिवसको अवसरमा गोरखा शाखाको आयोजनामा गरिएको कार्यक्रममा १७ जनाले रक्तदान गर्नुभएको थियो । साथै गोरखनाथ मन्दिरमा रोट चढाउने, शाखा कार्यालय, गोरखा र केन्द्रीय काठमाण्डौंमा दीप प्रज्वलन तथा जेठ २ गते ‘विद्यालय शिक्षामा सामाजिक सञ्जालको भूमिका’ विषयक निबन्ध प्रतियोगिता सम्पन्न गरेको थियो ।

जेठ ३ गते शनिबार हेड्स नेपाल केन्द्रीय कार्यालय, बनस्थलीमा निबन्ध प्रतियोगिता बिजेता छात्र छात्राहरूलाई पुरस्कार वितरण गरिएको थियो । सोही दिन “हेड्स नेपालको विगतदेखि वर्तमान” विषयक अन्तर्कियामा पूर्व पदाधिकारीहरू सुकुमार श्रेष्ठ र रामकृष्ण धरेलबाट संस्थाको विद्यमान अवस्थामा आईपुग्दासम्मका आरोह–अवरोह बारेमा आ–आफ्नो अनुभवहरू आदानप्रदान गर्नुभएको थियो ।

सोहि अनुभवहरूलाई समेट्दै संस्थाका अध्यक्ष दिलिप देवकोटाले आफ्नो कार्यकालमा भई रहेका गतिविधिहरूलाई जोड दिँदै आगामी दिनमा संस्थालाई अझै उचाइमा पुर्‍याउनका लागि अगाडि बढ्ने दृढ प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

यस्तै जेठ ६ गतेका दिन संस्थाका पदाधिकारीहरूबाट कान्ति बाल अस्पतालमा उपचाररत बालकलाई नगद तथा फलफूल हस्तान्तरणबिच वार्षिकोत्सव कार्यक्रम समापन भएको छ ।