२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको राष्ट्रियता कागजी बाघ मात्रै: वरिष्ठ नेता पौडेल



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको बताएका छन् । गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसंगको भर्चुअल बैठकमा नेता पौडेलले ओली राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताए । उनले प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपाली भूमी फिर्ता गर्न नसक्ने बताए । उनले वार्ता गर्ने बेलामा गाली गलौजमा उत्रिएर भारतसंगको वार्ताको वातावरण विगारेको आरोप लगाए । वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको बताए । उनले कम्युनिष्टहरुले भन्ने समाजवाद, समानता तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने गरेको बताए ।

पौडेलले गरिबी, अशिक्षा, तथा महामारी रोक्न कम्युनिष्ट सरकार असफल भएको बताए । कम्युनिष्टहरुले जनतालाई झुक्याउने अनि सत्ता हत्याउने जालझेल भन्दा अरु कुनै काम गर्ने ढंग नभएको पौडेलको भनाई थियो । पौडेलले कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आम नेता कार्यकर्तालाई आग्रह गरे । उनले फागुनमा महाधिवेशन गर्नका लागि प्रयाप्त समय भएको बताउदै कतै महाधिवेशन नगराउनेहरु सक्रिय हुन्छन किन भन्नेमा खबरदारी गर्न आग्रह गरे । उनले क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सवै स्थानीय अधिवेशन सम्पन्न हुने स्पष्ट पारे ।

पौडेलले पहिलो संविधानसभाको पालामा तत्कालिन सभामुख र प्रधानमन्त्रीले व्यवस्थाको बदनाम गराउनका लागि प्रधानमन्त्रीको चुनाव १७ १७ पटक गराएको बताउदै उनीहरुले नै आफनो पनि बदनाम गराएको बताए । पौडेलले कम्युनिष्ट सिद्धान्त भएका सभामुख र प्रधानमन्त्रीले संसदीय व्यवस्थाको बदनाम गराउनका लागि आफ्नो र व्यवस्थाको बदनाम गराउने प्रधानमन्त्री चुनाव १७ पटक गराएको बताए । नेपाल समाचारपत्र दैनिक