१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताउनुभएको छ । उहाँले पारदर्शिता र पारदर्शितामार्फत सुशासन कायम गर्न पनि सूचनाको हक आवश्यक रहेको धारणा राख्नुभयो ।

राष्ट्रिय सूचना आयोगले आज यहाँ आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँग अन्तक्र्रिया कार्यक्रमलाई उहाँले संविधानमा सूचनाको हकलाई मौलिक हकका रुपमा राखिएको बताउनुभयो ।

“सूचना दिने हाम्रो कर्तव्य हो, सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो, सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन”, उहाँले भन्नुभयो, “कतिपय सूचना गोपनीयतासँग जोडिएका हुन्छन्, ती सूचना दिन जरुरी हुदैन, शान्ति सुरक्षा र मुलुकको प्रतिरक्षासँग जोडिए सूचना हुन्छन्, वैदेशिक सम्बन्ध र कूटनीतिक सम्बन्धसँग जोडिएका हुन्छन्, अब ती सूचना पारदर्शिताका नाममा, सुशासनका नाममा सारा सूचना दिइ छाड्ने हो भने पनि मुलुकलाई थितिमा बसाउँदैन ।”

उहाँले मुलुकको प्रतिरक्षासँग जोडिएकाले पारदर्शिता, सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने बताउनुभयो । “संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी हुन्छ, सूचना नलुकाइकन दिन पनि आग्रह गर्दछु”, मन्त्री लेखकले भन्नुभयो, “गोपनीयतासँग जोडिएका सूचना दिन जरुरी हुँदैन, सूचना लुकाउनुपर्ने भए गोपनीयताको यस कारण दिन सकिएन भन्ने कुरा स्पष्ट लेखेर दिनुपर्छ ।”