मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले एलपी ग्याँस सिलिण्डर साट्दा ठग्ने काम गरिएको भन्दै आपत्ति जनाउनुभएको हो ।
उहाँले एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डरहरु बजारमा रहेको र ग्याँस अभावको नाटक गरेर सिलिण्डर साट्न लगाइ ठग्ने काम गरिएको बताउनु भयो । उहाँले सिलिण्डर साट्दा पाँच सयदेखि एक हजार रुपैयाँसम्म लिने गरेको भन्दै अनुगमन गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डरहरु बजारमा छन् । तर कहिले कहिले कम्पनीअनुसार ग्याँस अभाव गरिन्छ । ग्याँसको अभाव भएको लामो समयपछि उपभोक्ताले ग्याँस लिन जाँदा यो कम्पनीको ग्याँस छैन, सिलिण्डर साट्नुस् भनिन्छ । सिलिण्डर साट्न कसैले पाँच सय, कसैले हजार लिएर बाध्यतामा पारेर उपभोक्ताहरुले सिलिण्डर साट्छन् । सरकारको अनुगमन गर्ने निकाय छैन ? सभामुखज्युयो देशमा । ग्याँस एउटै । अलग अलग कम्पनी दर्ता गराइसकेपछि सिलिण्डर साट्नका लागि उपभोक्ताहरुसँग किन फेरि पैसा थपिन्छ ? सरकारले यस्ता कामको निगरानी गरोस् ।’
सांसद कोईरालाले सरकारले तत्काल यस्ता कामको निगरानी गर्नुपर्ने बताउनु भयो ।








