६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पृतनापति ट्रफी–२०८२’ सम्पन्न



अ+ अ-

कर्णाली । यही जेठ १ देखि ५ गतेसम्म सञ्चालित ‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सम्पन्न ‘पृतनापति ट्रफी’अन्तर्गत विभिन्न विधामा खेलकुद भएका हुन् ।

सोमबार सम्पन्न भलिबल फाइनल खेलमा कालीबहादुर गण प्रथम भएको छ । पहिलो सेट देवीदत्त गणले जितेको थियो । त्यसपछिका खेलमा कालीबहादुर गणले सोझो तीन सेट जितेर प्रथम भएको हो । प्रतियोगितामा देवीदत्त गण उपविजेता बनेको छ । उत्तरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी अनुपजङ्ग थापाले विजेता खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

‘स्वास्थ्य, मित्रता एवं राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ स्वस्थ खेलाडी उत्पादन गर्दै शारीरिक क्षमता अभिवृद्ध गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स विधामा खेल सञ्चालन गरिएको उत्तरपश्चिम पृतना हेडक्वार्टरका चिफ अफ स्टाफ सहायक रथी दिनेश रजौरले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी श्री अनुप जङ्ग थापासहित चिफ अफ स्टाफ, कर्णाली प्रदेश राष्ट्रिय अनुसन्धान निर्देशक, कर्णाली प्रदेश प्रहरी वरिष्ठ उपरीक्षक, श्री नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, श्री उत्तर पश्चिमपृतनाका सहचिफ अफ स्टाफलगायतको उपस्थिति थियो ।

‘पृतनापति ट्रफी’ को समग्र खेल विधामा भएका प्रतियोगितामा श्री नं ४ बाहिनी अड्डा च्याम्पियन्स् भएको आयोजकले जनाएको छ । प्रतियोगितामा खेलाडी, रेफ्री, अफिसियल, व्यवस्थापकलगायत करिब तीन सयको सहभागिता रहेको रजौरले जानकारी दिनुभयो । रासस