३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’



file
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनतामा रहेको नैराश्यता चिर्न दुई ठूला पार्टी मिल्नुपरेको बताउनुभएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले २०८४ सालको निर्वाचनसम्म एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन नटुट्ने बताउनुभयो ।

महासचिव पोखरेलले समाजमा विखण्डनको प्रयास भइरहेको बताउँदै एमाले त्यसका विरुद्ध स्पष्टताका साथ उभिनुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेमाथि प्रहार भयो भनेर खुट्टा कमाउने नभई आँट र हिम्मतका साथ खुट्टा टेक्नुपर्ने बताउनुभयो । “एमाले माथि जुन प्रकारको घेराबन्दी र प्रहार भइरहेको छ ।

त्यो प्रहार र घेराबन्दीलाई सामाना गर्ने क्षमता एमालेमा छ”, उहाँले भन्नुभयो, “एमालेका सामु ठूला ठूला सङ्कट आउँदा एमालेले ती सबै सङ्कटको सामना गर्दै आएको छ । सबै खालका सङ्कट सामना गर्दै एमाले बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै आएको छ ।”

एमालेका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वयका संयोजक भानुभक्त ढकालले पार्टीमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभयो ।  समाजका अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले दलित समुदायको सशक्तिकरणमा राज्य गम्भीर बन्नुपर्नेम जोड दिनुभयो । यही जेठ ७ गतेसम्म सञ्चालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।  रासस