५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोले तिलगाउँवासी विस्थापित, अन्नबाली सखाप भएपछि राहतको पर्खाइमा



अ+ अ-

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमपहिरोले क्षति पुर्याएको छ । यही जेठ १ गते राति आएको बाढीपहिरोले तिलगाउँमा सिँचाइ, जलविद्युत्, खानेपानीलगायत संरचनामा क्षति पु¥याएको हो ।

नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तिलगाउँभन्दा माथि रहेका दुई हिमताल भासिँएका छन् । हिमताल भाँसिएपछि गाउँमा बाढीपहिरो आएको उहाँले बताउनुभयो । “हिमताल फुटेका होइनन्, जमिन नै भासिएको हो”, वडाध्यक्ष तामाङले भन्नुभयो । आइतबार नौ घण्टा हिँडेर उहाँको टोली ताल भासिएको ठाउँमा पुगेको थियो ।

“लेदो र पहिरो आउने क्रम रोकिएको छ । यहाँका बासिन्दा त्रसित छन्”, उहाँले भन्नुभयो ।

खोलाको दूषित पानी पिउँदै स्थानीय

तिलगाउँका १९ परिवारका ३३ जना गाउँमा बाढीपहिरो आएपछि खोलाको दूषित पानी पीउन बाध्य छन् । खानेपानीका पाइप र मुहानमा क्षति पुगेको वडाध्यक्ष तामाङले बताउनुभयो । “गाउँमा ल्याइएको खानेपानीको मुहान नै बगाएको छ । पाइप फुटेका छन् । स्थानीयले खोलाको धमिलो पानी पिउन थालेका छन्”, उहाँले भन्नुभयो ।

त्रिपालमुनिको बास

तिलगाउँमा बाढीपहिरो आएपछि यहाँका ३३ जना विद्यालय नजिकै पाल टाँगेर बस्दै आएका छन् । गाउँमा बूढापाका र बालबालिका मात्रै छन् । उनीहरु पहिरोको त्रासले तिलगाउँभन्दा टाढा त्रिपालमुनि बस्न थालेका छन् । “दिउँसो खानेकुरा लिन गाउँमा आउने गरेका छन्, राति सुत्न भने त्रिपाल टाँगेकै ठाउँमा फर्किने गरेका छन्”, वडाध्यक्ष तामाङले भन्नुभयो ।

गाउँका अन्य युवायुवती रोजगारीका लागि तिब्बत गएका छन् । हिमपहिरोले विभिन्न भौतिक पूर्वाधारदेखि खेतीयोग्य जमिनमा क्षति पु¥्याएको छ ।

जलविद्युत् आयोजनामा क्षति

बाढीले गाउँ नजिक रहेको १५ किलोवाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । अहिले यहाँका बासिन्दा बिजुलीबिहीन अवस्थामा छन् । मोबाइलमा चार्ज गर्न समस्या भएको स्थानीयले बताएका छन् । पाक्न लागेको उवा बाली पनि सबै सखाप भएको छ । उवा बाली सबै बगाएपछि स्थानीयवासी राहतको प्रतीक्षामा रहेका वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।




भर्खरै