२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति



अ+ अ-

एजेन्सी । दुई महिनाभन्दा लामो नाकाबन्दी हटाउन बढ्दो दबाबको सामना गरेपछि इजरायलले गाजा पट्टीमा ‘आधारभूत खाद्यान्न प्रवाह’ लाई अनुमति दिने इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

पछिल्लो पटक गाजामा सेनाले अपरेसन अभियान सुरु गरेको घोषणा गरेको केही समयपछि इजरायल र हमासले युद्ध रोक्नको लागि छलफल गरेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले सेनाको सिफारिसमा ‘गाजामा भोकमरीको अवस्था आउन नदिन’ इजरायलले जनताका लागि आधारभूत खाद्यान्न प्रवेशलाई अनुमति दिने जनाएको छ ।

इजरायलले आफ्नो नाकाबन्दी प्यालेस्टिनी अतिवादी समूहबिरूद्ध भएको बताएको छ, भने संयुक्त राष्ट्रसङ्का निकायहरूले खाना पानी, इन्धन र औषधिको गम्भीर अभावको चेतावनी दिएका छन् ।

इजरायलका सहयोगीसमेत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका धेरै मानिसहरू भोकबाट गुज्रिरहेको र हामीले उक्त क्षेत्रमा हेरविचार गर्न गइरहेको बताउनुभएको थियो ।

फ्रान्सेली विदेश मन्त्री जाँ–नोएल ब्यारोले इजरायललाई ‘तत्काल बिना अवरोध’ सहायताको आपूर्ति पुनः सुरु गर्न अनुमति दिन आग्रह गर्नु भएको छ ।

इजरायली सेनाले गाजा पट्टी, उत्तर र दक्षिणमा स्थलगत अपरेसनहरू सुरु गरेको र प्रमुख स्थानमा सेना तैनाथ गरिएको बताएको छ ।

इजरायलले बन्धकहरूलाई मुक्त गर्ने र हमासलाई पराजित गर्ने लक्ष्य राखेको भन्दै शनिबारदेखि सुरु भएको अभियानमा दुई पक्षले कतारमा अप्रत्यक्ष वार्ता गरेका थिए ।

नेतान्याहुको कार्यालयले भने दोहाका वार्ताकारहरूले लडाइँ अन्त्य गर्ने सम्झौताका रूपमा सबै सम्भावनाहरू समाप्त गर्ने काम गरिरहेको उल्लेख गरेको छ ।

मध्यपूर्वका लागि संयुक्त राज्य अमेरिकाका दूत स्टिभ विटकोफ पनि छलफलहरूमा संलग्न रहनु भएको थियो ।

नेतान्याहुको वक्तव्यमा अधियानमा बन्धकहरूको मुक्ति, हमास समूहको निर्वासन र गाजा पट्टीको निशस्त्रीकरण समावेश हुने बताएको छ ।

मार्चमा इजरायलले दुई महिनाको युद्धविराम भङ्ग गरी आक्रमण पुनः सुरु गरेपछि कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्तामा कुनै प्रगति हुन सकेको छैन ।

नेतान्याहूले हमासको पराजयबिना युद्ध अन्त्ये नगर्ने बताउनु भएको छ भने हमासले आफ्ना हतियारहरू बुझाउन अस्विकार गरिरहेको छ ।

हमासले सबै इजरायली बन्धकहरूलाई एकै पटकमा रिहा गर्न इच्छुक भएता पनि इजरायल ‘अस्थायी युद्धविराम’को बदलामा आफ्ना कैदीहरूलाई रिहा गर्न चाहेको जनाएको छ ।