सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले नेपाली जनताले रुचीपूर्वक प्रतिक्षा गरेको र प्रधानमन्त्री स्वयंले आह्वान गर्नुभएको संवादमा सार्क मुलुकका एकजनापति प्रमुख उपस्थित नहुनु दुःखद् भएको बताउनुभएको हो । उहाँले अछाममा प्राकृतिक विपत्तिमा परेकाहरुले विभिन्न समयमा बाढीपहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिबाट विस्थापित भएकाहरुले अहिलेसम्म पनि राज्यको तर्फबाट राहत पाउन नसकेको बताउनु भयो । उहाँले जनताले राहत पाउन सांसदले संसदमा कतिपल्ट बोल्नुपर्ने हो र कतिपटक बोलेपछि जनताले राहत पाउँछन् ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अछाममा प्राकृतिक विपत्तिमा परेकाहरुले विगत दुई दशकदेखि राहत पाउन सकेका छैनन् । बाढी पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिबाट विस्थापित भएकाहरुले पुनःनिर्माणका लागि सरकारबाट निश्चित रकमको व्यवस्था गरिएको भएपनि अहिलेसम्म पीडितले राहत पाउन सकेका छैनन् । जनताले राहत पाउन हामी सांसदले संसदमा कतिपटक बोल्नुपर्ने हो सभामुख महोदय ? र कतिपटक बोलिसकेपछि राहत पाउँछन् ? जनताले राहत पाउन कति वर्ष दुःख गर्नुपर्ने हो ? सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । जेठ २ गतेदेखि आयोजना गरिएको सगरमाथा संवाद २५ वुँदे घोषणापत्र जारी गर्दै सकियो । र जलवायु सम्बन्धी हाम्रा आवाजहरुलाई, हाम्रा मुद्दाहरुलाई विश्वसामु हामीले उजागरपनि ग¥यौैं । नेपाली जनताले रुचीपूर्वक प्रतिक्षा गरेको र प्रधानमन्त्री स्वयंले आह्वान गरेको संवादमा सार्क मुलुक बाहिरका प्रधानमन्त्री सरकार प्रमुखलाई सहभागी गराउन सक्नुभएन होला तर आफैँ अध्यक्ष भएको सार्क मुलुकका एक जनापनि सरकार प्रमुखलाई उपस्थिति गराउन नसक्नुलाई राष्ट्रिय असक्षमता वा कुटनीतिक असफलता के भन्ने ?’ 

उहाँले राहत पाउनका लागि कतिवर्ष दुःख सहनुपर्ने हो भन्दै तत्काल पीडितलाई राहत उपलब्ध सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।