२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवाबाट बरामद भएको सुन ७ केजी ६५३ ग्राम



फाईल फोटो ।
अ+ अ-

काठमाडौँ । रसुवाबाट काठमाडौं ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको सुन जस्तो देखिने पहेँलो धातुको तौल ७ केजी ६५३ ग्राम भएको पुष्टि भएको छ ।

आइतबार दिउँसो केरुङबाट काठमाडौं आउदै गरेको बा ४ ख ६२०१ नम्बरको गाडी चेकजाच गर्दा सात किलो ६५३ ग्राम पहेँलो धातु बरामद भएको हो ।

पहेँलो धातु सुन हो कि होईन भनेर यकिन गर्न बाँकी रहेको बागमति प्रदेशका डीआईजी अरुण पौडेलले बताए ।

चिनबाट स्याउ बोकेर ल्याएको डिब्बाको चालक सिटको ढोकामा फल्स बटम बनाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ बाट सो सुन बरामद गरेको हो ।

प्रहरीले गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ५ घर भएका चालक किशोर कुमार भुजेललाई पक्राउ गरेको छ ।