११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा

तीलबासी आफै जुटे बाढीको/कारण खोज्दै ८ घण्टा हिडेर थाक्रा स्थित हिमताल पुगे

हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा
लिमी उपत्यका । फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा परेको छ ।

बुधवार रातीको बाढीको कारण खोज्दै माथिल्लो तटिय क्षेत्रमा पुगेका सुरक्षाकर्मी सहितको स्थानीयको टोलीले सिरानमा रहेका दुई हिम पोखरी फुटेको आशंका गरेका हुन् ।

४ दिनसम्म केन्द्र र स्थानीय सरकारले बाढीको कारण पत्ता लगाउन चासो नदिएपछि नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्चोर तामाङ केही स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा थाक्रा पुग्नुभएको हो ।

अध्यक्ष सहितको टोली पहिरोको कारण खोज्दै ८ घण्टा पैदल दूरी पार गर्दे ५ हजार ३ सय मिटरको उचाईमा रहेको थाक्रा पुगेको हो । हिल्सास्थित सिमा सुरक्षामा तैनाथ शसस्त्र प्रहरी बल र नेपाल प्रहरीका १० जना सहित स्थानी उचाईमा रहेको थाक्रा पुगेका हुन् । लिमीमा कुनै पनि सुरक्षा निकायको उपस्थिति छैन । उनीहरु दक्ष प्राविधिक टोली र उपकरण बिना नै उच्च स्थानमा पुगेका हुन् ।

पहिरोका कारण गाउँ पुग्ने सबै संरचना तहस नहस भएको छ । गाउँलाई बाढीले तीन तिरबाट कटान गरिरहेको छ । १९ घर परिवारका ३३ जना बसोवास गर्दै आएको तील गाउँमा बुधवार राती लेदो सहितको बाढी आएको थियो । पहिरोले हाल्जी र हिल्सा तर्फको बाटो र पुल भत्काएको छ । सेखाङलुङबा खोलामा आएको बाढीले बस्तीतर्फ र तिल्जुङ्गखोलामा आएको बाढीले विद्युतीय पावरहाउस भत्काउनुको साथै हिल्सा जाने बाटो भत्काएको हो । त्यस वरपरको अन्य संरचना पनि भत्काएको छ । पहिरोले बाटो भत्काएर पोखरी जस्तो दह बनाएको वडा नम्बर ६ का पाल्जोर तामाङ्गले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘जोखिम बढेको छ । केन्द्रीय सरकारले समयमा उद्धार गरेन भने जे पनि हुन सक्छ ।’

वडानम्बर ६ स्थित थाक्रामा रहेका दुईवटा चर्किएको जस्तो देखिने तालको संरचना देखाउँदै तील गाउँका स्थानीयवासी कुञ्जोक फुर्बु लामा भन्नुहुन्छ—‘हामी ५ जना माथि यो तालसम्म आएका छौँ । घटनास्थल तील गाउँबाट यहाँ आइपुग्न ८ घण्टा लाग्यो । अहिले हामी ५ हजार ३ सय उचाईमा छौँ । यहाँ दुईवटा हिमताल रहेछन् । माथि बरफ (हिउँ)को तल पानी रहेछ । त्यो पानी जमिन मुनिबाट निस्केर तल गएको देखियो । त्यही पानीले घटना गराएको रहेछ भन्ने हामीलाई लागेको छ ।’

हुम्लाको नाम्खा गाउँपालिका भित्र लिमि उपत्यकाभित्र पर्ने तील गाउँ सबै भन्दा विकट गाउँ हो । यो गाउँमा समय समयमा यसअघि पनि हिउँ पहिरो आउने गरेको थियो । मनसुन पूर्वको यो बाढी र कटानले गाउँ नै बगेर जाने जोखिम देखिएको छ ।