१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

जनप्रतिनिधि, शिक्षकसहित समाजका अगुवाकै पहलमा बलात्कार घटनामा मिलापत्र

जनप्रतिनिधि, शिक्षकसहित समाजका अगुवाकै पहलमा बलात्कार घटनामा मिलापत्र
अ अ+ अ-

जनप्रतिनिधि, शिक्षकसहितका समाजका अगुवाकै पहलमा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गरिएको खुलेको छ । कैलालीको घोडाघोडी नगरपालिका– ४ का वडासदस्य लक्ष्मीरुद्र न्यौपानेसहित मिलापत्र गराउने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, बलात्कार घटनाका अभियुक्त ३० वर्षीय प्रकाश सुवेदी पनि पक्राउ परेका छन् ।

गत १५ मंसिरमा स्थानीय एक वृद्धामाथि भएको बलात्कारको घटना आर्थिक लेनदेनमा मिलापत्र गराइएको थियो । थारू समुदायको विपन्न पीडित परिवारलाई उनीहरूले मिलापत्रका लागि दबाब दिएका थिए । पीडितलाई तीन लाख दिने सहमतिमा घटना त्यतिखेर गुपचुप पारिएको थियो । तर, पूरै नदिएपछि घटना बाहिर आएको हो । 

मिलापत्र गराउने वडासदस्य न्यौपानेसहित स्थानीय एक निजी विद्यालयका शिक्षक होमप्रसाद सुवेदी, पूर्ववडासचिव यज्ञराज आचार्य र राजु भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए । ‘उनीहरूले आर्थिक लेनदेन गराएर घटना गाउँमै मिलाएको बुझिएको छ । आरोपितमाथि थप अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘सहमतिअनुसार पीडितले पैसा नपाएपछि घटना बाहिर आएको देखिन्छ ।’ 

इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डिएसपी लक्ष्मण शाहीले मिलापत्र गराउन खोजेको भन्दै पीडित वृद्धाका छोराले गत ११ पुसमा प्रहरीमा नौजनाविरुद्ध उजुरी दिएका थिए । डेढ सातायता पाँचजना पक्राउ परेका हुन्, चारजना फरार छन् । ‘एक महिनाअगाडिको घटना भए पनि प्रहरीमा ढिलो गरी जाहेरी आयो,’ डिएसपी शाहीले भने । अन्य चारजनाको पनि खोजी भइरहेको उनले बताए । 

प्रकाशले गत १५ मंसिरको राति करिब ९ बजेतिर आफन्तको घरबाट फर्किरहेकी ७७ वर्षीया वृद्धालाई रक्सी खाएका सुवेदीले खेतमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । डिएसपी जोशीका अनुसार पीडितलाई तीन लाख रुपैयाँ दिने सहमतिमा घटना गाउँमै मिलापत्र गरिएको थियो । तर, सहमतिअनुसारको पूरै रकम नपाएपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएका हुन् । पीडक पक्षले दुई लाख मात्रै दिएको स्रोतको भनाइ छ । 

(नयाँपत्रिका दैनिकमा समाचार छ)