१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

भारतमा पुल भासिएपछि आयात निर्यात प्रभावित

भारतमा पुल भासिएपछि आयात निर्यात प्रभावित
अ अ+ अ-

विराटनगर। विराटनगर भन्सार नाकादेखि चार किलोमिटर दूरीमा पर्ने भारतीय भूमिको मिरगञ्ज पुल भासिएपछि पूर्व क्षेत्रको आयात निर्यात प्रभावित बनेको छ ।

बिहीबार उक्त पुल भासिएपछि विराटनगर भन्सार नाका हुँदै मालवस्तुको आयात निर्यात प्रभावित बनेको हो । यसअघि २०७४ साउन २९ गते क्षतिग्रस्त बनेपछि वैकल्पिक नाकाका रूपमा सुनसरीको सेतुबन्ध (भन्टाबारी) भन्सार नाकाबाट निकासी पैठारी हुँदै आएको थियो । अहिले मिरगञ्ज पुलको मध्यभाग एक फिट भासिएपछि त्यहाँबाट मालवस्तु बोकेका सवारीसाधन वारपार हुन रोकिएको छ ।

विराटनगर भन्सार कार्यालयका अधिकृत अमित तिवारीले वैकल्पिक रुटको विषयमा छलफल भइरहेकाले चाँडै नयाँ नाका सञ्चालन गरिने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ ले वैकल्पिक मार्गका रूपमा अररिया–कुर्साकाटा–जोगबनी नाका सञ्चालनका लागि सहजीकरण गरिदिन भारतीय पक्षसँग आग्रह गरेको थियो । भन्सार कार्यालयले समेत चालू अवस्थाको मार्ग र वैकल्पिक मार्ग एउटै जिल्लामा पर्ने भएकाले सहजीकरणका लागि अपिल गरेको हो ।

अधिकृत तिवारीका अनुसार भारतीय पक्षले भने सुनसरीको भीमनगर–सेतुबन्ध नाकाबाटै मालवस्तु आयात निर्यात गर्न सहजीकरण गरिने जानकारी दिएको छ । भारतको अररियाका डिस्ट्रिक मजिस्ट्रेटले विराटनगर भन्सार कार्यालयलाई पत्र लेख्दै सुनसरीबाट नाका सञ्चालन गर्र्र्न छलफलका लागि डाकेको अधिकृत तिवारीले जानकारी दिनुभयो ।

“छलफलका लागि भन्सार प्रमुखको टोली त्यता गएको छ । कुर्साकाटाको रुट ग्रामीण क्षेत्रबाट हुने भएकाले २५ टन क्षमताको मात्रै छ,” अधिकृत तिवारीले भन्नुभयो । उद्योगी व्यवसायीले सुनसरीबाट वैकल्पिक रुट प्रयोग गर्दा ४० किलोमिटर टाढा पर्ने तर कुर्साकाटाबाट १० किलोमिटर मात्रै पर्ने भएकाले सहजीकरणका लागि अररियाका डिस्ट्रिक्ट मेजिस्ट्रेटसँग आग्रह गर्दै पत्र लेखेको थियो ।

गत बिहीबार पुल भासिएदेखि विराटनगर भन्सार कार्यालयबाट हुने आयात निर्यात प्रभावित बनेको छ । बिहीबार पुल भासिनुअघि नै पार भइसकेका मालवाहक सवारीले शुक्रबार साँझसम्म भन्सार जाँचपास गराइसकेका छन् । त्यसपछि रेलबाट जोगबनीमा अनलोड भएका सामान मात्रै भन्सार कार्यालयमा जाँचपासका लागि भित्रने गरेको अधिकृत तिवारीले बताउनुभयो ।

तिवारीका अनुसार शनिबार ४० वटा मालवाहक सवारीसाधन भन्सार क्षेत्रमा प्रवेश गरेका थिए भने आइतबार २०–२५ वटा मात्रै छन् । भारतले मिरगञ्ज पुल नजिकै अर्को नयाँ पुल निर्माणको काम ९० प्रतिशत सम्पन्न गरेको छ । त्यसलाई तीव्र रूपले निर्माण सम्पन्न गर्न शुक्रबारदेखि जनशक्ति बढाएको अधिकृत तिवारीले जानकारी दिनुभयो । नयाँ पुल सञ्चालनमा नआउँदासम्म झन्डै एक महिना वैकल्पिक नाका प्रयोग गर्नुपर्ने अवस्था रहेको तिवारीले बताउनुभयो । पुल भत्किएपछि मिरगञ्ज पुल पारिपट्टि नेपालका लागि आयात गरिएको मालवस्तु बोकेका मालवाहक सवारीसाधनको जाम लागेको छ । वैकल्पिक मार्ग टुङ्गो लागेपछि ती मालवाहक सवारीसाधन नेपाल भित्रिने छन् ।

(गाेरखापत्र दैनिकबाट)