२३ फाल्गुन २०८१, शुक्रबार
March 7, 2025 Friday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.51

Wind: 1.54

Humidity: 52

तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले तिलाठीका ५० घर डुबानमा, खाँडोखोलामा १० शब देखियो



अ+ अ-

सप्तरी । भारतीय सीमासंग जोडिएको सप्तरीको तिलाठी गाउँ यस वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ ।

लगातारको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए । पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ । राजविराज–तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पुर्याएको छ ।

पसलहरु डुबानमा पर्दा स्थानीय व्यापारीलाई लाखौँ मूल्य क्षति भएको छ । खाँडोखोलाको बाढीसँगै करिब आठदेखि १० वटा शवसमेत बगेर आएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताए ।
शव आएको बेला अत्यन्तै दुर्गन्ध फैलिने गरेको मण्डलले जानकारी दिए । बाढीले सयौँ बिघामा लगाइएको धानबालीसमेत डुबानमा परेको छ । नेपाल समाचारपत्र दैनिक