१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीपहिरो पीडित ७३ घरपरिवारलाई राहत



अ+ अ-

मेलम्ची । बाह्रबिसे नगरपालिकाका बाढी पहिरो पीडित ७३ घरपरिवारलाई नेपाली काँग्रेसले राहत वितरण गरेको छ । बाढीपीडित ७३ परिवारलाई आइतबार खाद्यान्न वितरण गरिएको हो । जम्बुका ३४ परिवार तथा खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न वितरण गरिएको काँग्रेसका स्थानीय नेता युधिर पौडेललले जानकारी दिए । 

बाढीपीडितको घर भोटेकोशी र यान्की खोलाले बगाएपछि उनीहरुलाई गाँसबासकै समस्या हुँदै आएको थियो । काँग्रेसले बाढीपहिरोमा परी आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगद राहत दिएको छ ।

काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बाह्रबिसे–५ जम्बुमा मृतक र बेपत्ता सात परिवारलाई प्रति घरपरिवार रु सात हजारको दरले नगद वितरण गरेका थिए । उनीहरूले बाढीबाट पीडित २७ परिवारलाई प्रतिपरिवार रु दुई हजार नगदसहित खाद्यान्न राहत वितरण गरेका थिए ।