१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

शुक्लाफाँटा नगरपालिकाले दियो ‘बडघर प्रथा’ लाई मान्यता

शुक्लाफाँटा नगरपालिकाले दियो ‘बडघर प्रथा’ लाई मान्यता
अ अ+ अ-

कञ्चनपुर : थारु समुदायले परम्परागतकालदेखि मान्दै आएको बडघर प्रथालाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कानुनी मान्यता प्रदान गरेको छ । नगरपालिकाको आइतवार सम्पन्न दशौँ नगरसभाले बडघर संस्था परिचालन ऐन २०७८ परित गरेपछि  यस प्रथाले कानुनी हैषियत प्राप्त गरेको हो ।

थारु समुदायले लामो समयदेखि बघर प्रथालाई कानुनी मान्यता दिन माग गर्दै आएका थिए । ती समुदायको मौलिक परम्परागत प्रथालाई कानुनी मान्यता दिई संस्थागत गर्ने नेपालको तेस्रो र सुदूरपश्चिमको पहिलो स्थानीय तह शुक्लाफाँटा रहेको छ ।  यसअघि पहिलोपटक बर्दियाको बारबर्दिया नगरपालिकाले बडघर प्रथालाई कानुनी मान्यता दिएको थियो ।
 
स्थानीय तहलगायतका सरकारी कार्यालयमा बडघर प्रथालाई साक्षीको रुपमा स्वीकारे पनि संस्थागतरुपमा कानुनी मान्यता दिएको दिएन । नगरसभाले पारित गरेको ऐनमा बडघर र भलमन्साको चयन, कार्यक्षेत्र, काम कर्तव्य अधिकार क्षेत्र, मर्यादालगायतका प्रावधान समेटिनुका साथै कार्यक्षेत्रमा नेपाल सरकारको प्रचलित ऐन नियमविपरीत नहुने गरी काम गर्न सकिने उल्लेख गरीएको छ ।

पारित गरिएको ऐनमा नगरपालिकाका जनप्रतिनिधिसँग समन्वय गर्ने, गाउँमा रहेका सानातिना झैझगडा समाधान गर्ने, गाउँ टोलमा आइपर्ने जुनसुकै काममा सक्रिय सहभागिता जनाउनेलगायत समुदायमा सामाजिक, सांस्कृति र आर्थिक सदभाव कायम राख्ने कार्य बडघर र भलमनसाको काम कर्तव्य अधिकारभित्र रहेको उल्लेख गरीएको छ ।

बडघर प्रथामा कायम रहने सहायक बडघर र चौकीदार(चाकर) समेतको काम कर्तव्य अधिकारको बारेमा पनि उल्लेख गरीएको छ । सहायक बडघरको कार्य बडघरको अनुपस्थितिमा गाउँको नेतृत्व गर्नु हो भने चौकीदार(चाकर)को कार्य गाउँमा आवश्यक सूचना प्रवाह गर्नुपर्ने उल्लेख गरीएको छ । “नगरपालिकामा थारु समुदायको बाहुल्यता रहेको छ”, नगर प्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “बडघर थारु समुदायको परम्परागत संस्था भएकाले यसलाई संस्थागत गरी कानुनी अधिकार दिनका लागि ऐन बनाई लागू गरेका छौँ । थारु समुदायको वर्षौंदेखिको बडघर प्रथालाई कानुनी हैषियत दिनुपर्ने थियो । त्यो कार्य पूरा गरेका छौँ ।”

उहाँका अनुसार बडघर प्रथा पुस्तौँदेखि पुस्तान्तरण हँुदै आएको छ । यसको नेतृत्व गर्ने व्यक्तिको पद पनि बडघर र भलमन्सा भएका कारणले यसको विकास भएको पाइन्छ । थारु समुदायमा बडघर संस्था अति शक्तिशाली रहेको पाइन्छ ।  नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि नं १६९ र आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय घोषणापत्र २००७ ले प्रथाजनित संस्थालाई मान्यता दिएको छ ।

थारु समुदायलाई अलग पहिचान र पुख्र्यौली भूमिसँगको सम्बन्धलाई पुस्तौँपुस्तासम्म कायम राख्न बडघर र भलमन्सा संस्थाको संरक्षण र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्य ऐन निर्माण गरी जारी गरिएको नगर प्रमुख ऐरले बताउनुभयो । “सदियौँदेखि जिम्मेवारी पूरा गर्दै आएको गाउँ टोलको सबैभन्दा लोकतान्त्रिक विधिलाई संस्थागत गरेका छौँ”, नगर प्रमुख ऐरले भन्नुभयो, “ऐनले बडघर र भलमन्सा प्रथालाई व्यवस्थित मर्यादित र संस्थागत बनाउन मद्दत पु¥याउ छ ।”

“थारु समुदायका गाँउ गाउँमा विकास निर्माण, सामाजिक कार्य, विवाह, सांस्कृतिक कार्यको चाँजोपाँजो मिलाउने कार्यसँगै झैझगडाको छिनोफानो गर्नका लागि बडघर प्रत्येक वर्ष चयन हुन्थे । उनीहरुको न त अभिलेख राखिन्थ्यो । न त परिचयनै हुन्थ्यो”, नगर सभाका सदस्य नरेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “यो प्रथा मौखिकरुपमा चल्दै आएको थियो । जारी गरिएको ऐनअनुसार बडघर र भलमन्साको अबदेखि अभिलेख राख्ने कार्यसँगै बडघर प्रथाअनुसार चयन हुने पदाधिकारीको नगरपालिकाले परिचयपत्र उपलब्ध गराउने व्यवस्था गरेको छ ।

अबदेखि बडघर र भलमन्सा संस्थाको प्रत्येक वर्षको गरेको कार्य र गतिविधिको लेखाजोखा हुन्छ र सोको विवरण सम्बन्धित वडा कार्यालय र टोलमा वार्षिक समीक्षा गरिनेछ र संस्थाले वार्षिकरुपमा यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ ।”

उहाँका अनुसार बडघर छनोट गर्नका लागि चौधरी थारु समुदायमा प्रत्येक वर्ष माघ महिनाको पहिलो हप्ता तथा माघ मसान्तभित्र र राना थारु समुदायमा असार १ गतेदेखि मसान्तसम्म समय सीमासमेत निर्धारण गरेको छ । जसले यस प्रथालाई व्यवस्थित गर्न मद्दत पु¥याउने उहाँको भनाइ रहेको छ ।

“परम्परागत संस्थाको क्षेत्रअधिकार एक गाउँ एक बडघर र भलमन्साअनुसार आफ्नो एउटै गाउँमा मात्र रहने छ र निजले सोही गाउँको अगुवाई गर्ने छ”, उहाँले भन्नुभयो, “एउटा गाउँभित्र धेरै टोल भएमा ती टोलका बडघरमध्येबाट एउटा मूल बडघर रहने व्यवस्था गरेको छ ।” बडघरमा चयन हुने पदाधिकारीको काम कर्तव्यका बारेमा समेत नगरपालिकाले जारी गरेको ऐनमा व्यवस्था गरिएको छ । जसअनुसार समुदायको हकहितको संरक्षण र सम्वद्र्धन गर्ने तथा समुदायको सशक्तीकरणको लागि स्वतन्त्र निष्पक्ष र इमान्दारिपूर्वक आफ्नो पदिय दायित्व निर्वाह गर्ने, समाजमा रहने विभिन्न जातजाति, समुदाय तथा सम्प्रदायबीचको सम्बन्ध समुधुर बनाउने रहेको छ ।

यसैगरी, सम्बन्धमाथि खलल पर्ने कुनै काम नगर्ने, विद्यमान प्रचलित ऐन कानुनको पूर्णरुपमा पालना गर्नुपर्ने, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न सामाजिक सेवाका क्षेत्रमा थारु समुदायको पहुँच राख्नका लाागि कार्य अगाडि बढाउने र राज्यका सबै क्षेत्रमा प्रतिनिधित्व तथा अर्थपूर्ण सहभागिताको अवसर सिर्जना गर्नेलगायत रहेका छन् ।

“असहज अवस्थामा समेत थारु गाउँमा विकास निर्र्माणका योजना बनाउन, जनसहभागिता जुटाउन गाउँको न्याय निसाफ छिन्ने कार्य गर्न र जग्गाको साँध सिमानाको विवाद मिलाउने कार्य गर्न कुनै बाधा अवरोध थिएन”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र भट्टले भन्नुभयो, “यी सबै कार्य थारु समुदायले चुन्ने प्रतिनिधि बडघरले गाउँका बासिन्दालाई भेला गराएर सहज ढङ्गले सम्पन्न गर्दै आएका थिए ।”
 
“परम्परागत रुपमा बडघरले गाउँको प्रशासनिक, न्यायिक, विकास निर्माण, योजना तर्जुमा र परम्परागत कलासंस्कृतिको जगेर्नाको कार्य सम्पादन गर्दै आएका छन् । त्यसलाई ऐन बनाई व्यवस्थित मात्रै पारेका छाँै”, उहाँले भन्नुभयो, “बडघरलाई जनप्रतिनिधिसँग समन्वय गरी कार्य सम्पादनमा सहजता हुन्छ ।”

बडघर प्रथा लोकतान्त्रिक पद्धतिमा आधारित भई परापूर्वकालदेखि मौखिकरुपमा चल्दै आएकाले यो प्रथा अत्यन्तै अनौपचारिक तरिकाले सञ्चालन हँुदा ओझेलमा पर्दै गएको थियो । यसलाई कानुनी मान्यता दिइएपछि यसले औपचारिकता पाएको उहाँको बुझाइरहेको छ ।