२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित समुदायको पहिलो सचिव मानबहादुर



अ+ अ-

काठमाडौं । मानबहादुर विश्वकर्मा दलित समुदायको पहिलो सचिव बन्नुभएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुद मन्त्रालयका सहसचिव विश्वकर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । यस निर्णय संगै उहाँ दलित समुदायको पहिलो सचिव बन्नुभएको हो ।

पाल्पा साबिकको देउराली गाविसमा जन्मिएका विश्वकर्मा २०४७ सालमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ पछिल्लो समय कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव हुनुहुन्थ्यो । केही महिनाअघि उहाँको युवा तथा खेलकुद मन्त्रालयमा सरूवा भएको थियो।