१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो टेस्ट खेलमा बंगलादेश न्यूजीन्याण्डसामु निरीह, १२६ रनमै अलआउट



अ+ अ-

क्राइस्टचर्च (न्यूजील्यान्ड) : न्यूजील्यान्ड र बंगलादेशबीचको दोस्रो टेस्ट क्रिकेटमा न्यूजील्यान्डसामु बंगलादेश निरीह देखिएको छ ।

क्राइस्टचर्च मैदानमा भएको खेलमा बंगलादेशले पहिलो इनिङमा सबै विकेट गुमाएर १२६ रन मात्र बनाएको छ । न्यूजील्यान्डले पहिलो इनिङमा बनाएको ५२१ भन्दा ३९५ रनले पछि परेसँगै बंगलादेश फलोअनमा परेको छ ।

बंगलादेशका लागि यासिर अलिले ५५ र नुरुल हसनले ४१ रन बनाउनु बाहेक अरु खेलाडी सस्तैमा आउट भएका थिए । भ्रमणकारी बंगलादेशलाई ध्वस्त बनाउनेक्रममा न्यूजील्यान्डका तिब्र गतिका बलरहरु ट्रेन्ट बोल्टले ५, टिम साउदीले ३ र काइले जेमिसनले २ विकेट लिएका थिए । बंगलादेशको पूरै टिम ४१.२ ओभरमै पभेलियन फर्केको थियो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजील्यान्डले पहिलो इनिङमा धुँवाधार ब्याटिङ मद्दतले ५२१ रन बनाएर पारि समाप्तिको घोषणा गरेको थियो । टिमका लागि प्रारम्भिक ब्याट्सम्यान एवं कप्तान टम लथामले २५२ तथा डेभोन कन्वेले १०९ रनको उत्कृष्ट पारि खेलेका थिए ।

दुई टेस्टको यस शृंखलामा पहिलो खेल भने बंगलादेशले ८ विकेटले जितेको थियो । एपी