१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरहवामा ९९ लाख नगद सहित सुन व्यापारी समातिए



अ+ अ-

काठमाडाैंः राजश्व अनुसन्धान विभागले सुन चाेरी पैठारी गरी राजश्व चुहावट गरेकाे अभियाेगमा भैरहवाकाे गल्ला मण्डीस्थित साेनी ज्वेलर्सबाट ९९ लाख नगद बरामद गरी अनुसन्धान शुरू गरिएकाे जनाएकाे छ ।

विभागका अनुसार, सोनी ज्वेलर्सका प्रोप्राईटर सुनिल सुनार र निजका सहयोगी अमित परियार समेतले अवैध सुन चोरी पैठारी गरी राजस्व चुहावट तथा अवैध आर्थिक कारोवार गरेको छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले बुटवलस्थित राजमार्ग चौराहाबाट सवारी साधान सहित सुनिल सुनारलाई कब्जामा लिई चेकजाँच गर्दा अवैध आर्थिक कारोबार र राजस्व चुहावट गरी लुकाई ल्याउँदै गरेको नगद रु. ७३ लाख ५५ हजार बरामद गरी निजको पक्लिहवा स्थित घर र सोनी ज्वेलर्स गल्लामण्डी भैरहवा समेतमा खानतलासी गर्दा उक्त स्थानहरुबाट नगद रु.२५ लाख ५० हजार बरामद भएको थियाे ।

विभागले आर्थिक कारोबारसंग सम्वन्धित कागजातहरु समेत बरामद गरी  कब्जामा लिई निज सुनिल सुनार र निजका सहयोगी अमित परियार समेतलाई तत्काल पक्राउ गरी राजस्व चुहावट समेतको कसूरमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 (संसोधन सहित) बमोजिम अनुसन्धान कार्य शुरु गरिएको जनाएकाे छ ।