२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक सवल हुनुपर्छ’



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको कुल गार्हस्थ्य उत्पादनको प्रमुख आधार रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक अपरिहार्य रहेको बताउनुभयो । नेपाल वायुसेवा निगमको अन्तरराष्ट्रिय स्टेशनहरूको दुईदिने समीक्षा बैठकमा उहाँले राष्ट्रिय ध्वजावाहकलाई सवल तथा सक्षम बनाउन थप जहाज प्राप्ति र व्यवस्थापकीय सुधार सँगसँगै लैजानुपर्ने धारणा राख्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले आपतविपद्का समयमा नेपालको हवाई भाडामा हुने अस्वाभाविक कार्टेलिङ रोक्न निगमको हस्तक्षेपकारी उपस्थिति अत्यावश्यक रहेको र सो प्रयोजनका निमित्त पनि आन्तरिक तथा अन्तरराष्ट्रिय क्षेत्रमा उडान गर्न निगमलाई थप जहाज आवश्यक पर्ने बताउँदै सोका लागि मन्त्रालयस्तरबाट सकारात्मक सहयोग हुने धारणा राख्नुभयो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको अन्तरराष्ट्रिय स्टेशनहरूमा खटिएर जाने कर्मचारीहरू निगमको मात्र नभई समग्र देशको समेत प्रतिनिधित्व गर्ने भएकाले इमान्दारितापूर्वक निगम र राष्ट्रको अधिकतम हित हुनेगरी कार्य गर्न आग्रह गर्नुभयो । उहाँले निगममा थप जहाज प्राप्तिका लागि जहाज लिज प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । सातवटै प्रदेश सरकारको सहकार्यमा दुर्गम क्षेत्रमा उडान गर्ने जहाज खरिदका निमित्त पहल भइरहेको तथा गण्डकी प्रदेश सरकारसँग संयुक्त कार्यदल गठन गरी प्रक्रिया अगाडि बढाउने सहमति भएको पनि जानकारी दिनुभयो ।

निगम बजार व्यवस्थापन विभागद्वारा निगमको केन्द्रीय कार्यालयमा आयोजित गोष्ठीमा पर्यटन मन्त्रालयका प्रतिनिधि, निगमको सबै विभागीय र महाशाखा प्रमुख तथा आठ मुलुकबाट दश कन्ट्री म्यानेजररम्यानेजरलगायतको उपस्थिति थियो । रासस




भर्खरै