• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

दोस्रो टेस्ट खेलमा बंगलादेश न्यूजीन्याण्डसामु निरीह, १२६ रनमै अलआउट



क्राइस्टचर्च (न्यूजील्यान्ड) : न्यूजील्यान्ड र बंगलादेशबीचको दोस्रो टेस्ट क्रिकेटमा न्यूजील्यान्डसामु बंगलादेश निरीह देखिएको छ ।

क्राइस्टचर्च मैदानमा भएको खेलमा बंगलादेशले पहिलो इनिङमा सबै विकेट गुमाएर १२६ रन मात्र बनाएको छ । न्यूजील्यान्डले पहिलो इनिङमा बनाएको ५२१ भन्दा ३९५ रनले पछि परेसँगै बंगलादेश फलोअनमा परेको छ ।

बंगलादेशका लागि यासिर अलिले ५५ र नुरुल हसनले ४१ रन बनाउनु बाहेक अरु खेलाडी सस्तैमा आउट भएका थिए । भ्रमणकारी बंगलादेशलाई ध्वस्त बनाउनेक्रममा न्यूजील्यान्डका तिब्र गतिका बलरहरु ट्रेन्ट बोल्टले ५, टिम साउदीले ३ र काइले जेमिसनले २ विकेट लिएका थिए । बंगलादेशको पूरै टिम ४१.२ ओभरमै पभेलियन फर्केको थियो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजील्यान्डले पहिलो इनिङमा धुँवाधार ब्याटिङ मद्दतले ५२१ रन बनाएर पारि समाप्तिको घोषणा गरेको थियो । टिमका लागि प्रारम्भिक ब्याट्सम्यान एवं कप्तान टम लथामले २५२ तथा डेभोन कन्वेले १०९ रनको उत्कृष्ट पारि खेलेका थिए ।

दुई टेस्टको यस शृंखलामा पहिलो खेल भने बंगलादेशले ८ विकेटले जितेको थियो । एपी