२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मक्कामा हज गर्न जाने हजयात्रीहरुलाई रोग प्रतिरोधात्मक खोप प्रदान



अ+ अ-

काठमाडौँ । सउदी अरबको मक्का–मदिना हज यात्रा गर्न लागेका हज यात्रीहरूलाई रोग प्रतिरोधात्मक खोप प्रदान गरिएको छ ।

बिहीवार काठमाडौंस्थित पञ्चकाश्मिरी मस्जिदमा हज यात्रीहरुलाई  रोग प्रतिरोधात्मक खोप प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विगत वर्षहरुभन्दा यस वर्षको हज यात्रालाई व्यवस्थित बनाउने प्रयास गरेको बताउनु भयो । उहाँले मक्कामा हज गर्न जानु मुस्लिम समुदायको परम्परा रहेको उल्लेख गर्दै हज यात्रालाई थप व्यवस्थित गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले हज गर्न जान लागेका यात्रीहरुलाई शुभकामना समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली मुस्लिम समुदायको परम्परागत विषय हो । यसलाई व्यवस्थित गर्ने हामीले प्रयत्न गरेका छौं । अहिले हज यात्रामा एक हजारभन्दा धेरै जना मक्कामदिना जाँदै हुुनुहुन्छ । तपाईहरु सबैलाई शुभकामना समेत दिन चाहन्छु । अगामी वर्षहरुमा यसलाई अझै धेरै व्यवस्थित गर्ने कार्य गर्नेछौं ।’

नेपाल हज यात्र समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले नेपालमा हज हाउस निर्माण गरिदिन सरकारसँग माग गर्नुभयो । उहाँले नेपालमा हज हाउस नभएकै कारण कस्मिरी मस्जिदमा बस्न बाध्य भएको बताउनु भयो । उहाँले अहिले पनि कस्मिरी मस्जिदमा बस्ने व्यवस्था नभए नेपाली हज यात्रीहरु अलपत्र पर्ने अवस्था रहेको उल्लेख गर्दै हज हाउसको व्यवस्थाका लागि पहल गरिदिन स्वास्थ्यमन्त्री पौडेलसँग आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा एउटा हज हाउस नभएको कारणले गर्दा हामी कस्मिरी मस्जिदमा बस्न बाध्य छौं । यदि कस्मिरी मस्जिद हुन्थेन भने नेपाली हज यात्रीहरु बाटोमै अलपत्र पर्ने अवस्था पनि मैले देखेको छु । अहिलेको सरकारले एउटा हज हाउसको लागि व्यवस्था गरिदियोस् भन्ने आग्रह पनि गर्न चाहन्छु ।’

यसपटक नेपालबाट साउदी अरबस्थित मक्कामा हज गर्न एक हजार एक सय ७० जना जाँदै हुनुहुन्छ ।




भर्खरै