१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारसेट राखेको आरोपमा आङ सान सुकी दोषी ठहर



अ+ अ-

म्यानमारको सेनाद्वारा सञ्चालित अदालतले गत फेब्रुअरीमा सत्ताच्युत नेत्री आङ सान सुकीलाई कम्तीमा तीनवटा आरोपमा दोषी ठहर गर्दै थप चार वर्षको जेल सजाय सुनाएको छ।

सेनाले करिब एक वर्ष पहिले देशको नियन्त्रण कब्जा गरेपछि ७६ वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई  हिरासतमा राखेको थियो र दर्जनौँ आरोप लगाएको थियो । आलोचकहरूले राजनीतिकरूपमा प्रेरित भएको बताएका छन् ।

सुकीलाई बिना इजाजत वाकीटकी राखेकामा दुई वर्ष र कोरोना भाइरस प्रोटोकल उल्लङ्घन गरेकामा दुई वर्षको सजाय सुनाएको छ। सुकीमाथि बन्द अदालतमा मुद्दा चलिरहेको छ र आरोपमा अधिकतम १०० वर्ष जेल सजाय माग गरिएको छ। सुकीले सबै आरोप अस्वीकार गर्नुभएको छ ।

सुकीलाई गत महिना ‘उत्तेजना’ र कोभिड–१९ प्रोटोकलहरू उल्लङ्घन गरेकोमा दोषी ठहर गरिएको थियो र चार वर्षको जेल सजाय दिइएको थियो । पछि प्रजातान्त्रिक सरकार अपदस्थ गर्ने सेनाका नेता म्यान आङ ह्लाङले माफी दिइएको भनी चित्रण गरिएको थियो।

डिसेम्बरमा सरकारी टेलिभिजनले सो सजाय सुकीको ‘हालको नजरबन्द’ स्थानमा लागू हुने बताएको थियो। सुकीलाई कहाँ राखिएको छ र सोमबारको मामिलामा पनि उही दृष्टिकोण लिइन्छ कि लिइँदैन भन्ने स्पष्ट छैन । एजेन्सी

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले म्यानमारको भ्रमण गरे र म्यान आङ ह्लाङलाई भेटेपछि म्यानमारी जनता र नागरिक समाजका समूहहरूले चर्को आलोचना गरेपछि यो सजाय सुनाइएको हो।