२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको भाउ अहिलेसम्मकै महङ्गो, बनायो नयाँ रेकर्ड



अ+ अ-

काठमाण्डौ । नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै महङ्गो भएको छ । बुधबार तोलामा ६ सय बढेर ९२ हजार ८ सय रुपैयाँमा कोरोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार तोलामा एक सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ बुधबार ६ सय रुपैयाँले बढेको हो ।

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ बढ्न थालेको थियो । नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजार रुपैयाँमा कारोबार भएको थियो । 

लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता उकालो लागेको सुनको भाउले आज रेकर्ड बनाएको छ । 

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको एक हजार ५ रुपैयाँ पुगेको छ । भाउ महङ्गो  हुन थालेपछि कारोबार ठप्पजस्तै भएको व्यवसायीको भनाइ छ ।